२५ जना कृषकहरुको हातमा दाँते ओखरका विरुवा

कमल कुमाल कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नं. ८ का करिव २५ जना कृषकहरुको हातमा दाँते ओखरका विरुवा पुगेका छन । डिभिजन वन कार्यालय कालिकोटको सहयोगमा स्थानीय तिलाचुलि कृषक समूहले हजारौ दाते ओखर,कागती,टिमुरका विरुवा कृषकको घरमै पुगाएपछि गौरा किसानहरु खुसि भएका हुन । उक्त गौरा कृसान हरुले अझै पनि हामीलाई दिने सेवा सुविधा हुन्छ भने अझै हामी मेहिनेत गरेर हामीले दिने सेवा सुविधा अझै दिईरहेने छौ भन्ने गौरा कृषक हरू भनाइ रहेको छ ।

तिलाचुली कृषक समूहका अध्यक्ष देबकला आचार्यले कृषक गोमा नेपाली,जौमता नेपाली,विष्णा मल्ल,अजा सार्की,मुन्पुरा मल्ल,जन्पुरा मल्ल लगाएत २५ जना कृषक समुहमा रहेका स्थानीयलाई २ सयका दरले रुख तथा वुट्यान प्रजातीका विरुहरु आईतबार गाउमै वितरण गरिएको जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकार वन मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालय कालिकोटसँगको साझेदारीमा तिलाचुलि कृषक समहले व्यवसायीक जडिवुटी खेति विस्तार कार्यक्रम अन्तरगत विरुवाहरु वितरण गरिएको समूहका उपाध्यक्ष गोमा नेपालीले जानकारी गराएकी छन । उनका अनुसार यस समूहले गतवर्ष संघिय सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा हजारौ दाँते ओखरका विरुवा वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *