जिल्लाका बिकास निर्माणका याेजनाहरूकाे अनुगमन सुरू

जिल्ला समन्वय समिति कालिकोटले जिल्लाका विभिन्न विकास निर्माणका याेजनाहरूकाे अनुगमन गर्न सुर गरेकाे छ ।

जिल्लाका हरेक याेजनाहरूकाे अनुगमनकाे जिम्मा पाएकाे जिल्ला समन्वय समितिले यश वर्ष ढिलै भएपनि ९ वटै स्थानीय तहमा अनुगमनकाे जिम्मेवारी ताेकेर आईतबार देखि अनुगमन सुरू गरेकाे छ ।
असार ११ गते जिल्ला समन्वय समितिकाे बैठकले असार मसान्तसम्म जिल्लाका ९ वटै स्थानिय तहमा जिसस सदस्यकाे नेतृत्वमा राजनीति दल, पत्रकारले अनुगमन गर्ने गरि जिम्मेवारी ताेकेपछी याेजनाकाे अनुगमन सुरू गरिएकाे समन्वय अधिकारी चक्र बहादुर शाहीले जानकारी दिए ।
स्थानीय,प्रदेश र संघिय सरकार मार्फतका तिनै तहका याेजनाहरू गुणस्तरीय भए नभएका बारे स्थलगत रूपमा निरिक्षण गरेर कार्यसम्पादन मुल्याकनका आधारमा समितिले पास गर्ने गरेकाे छ ।
आईतबार जिल्ला समन्वय प्रमुख अनिपाल शाही , उप प्रमुख लक्ष्मि विष्ट नेपाली प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, पत्रकारकाे सहभागितामा खाँडाचक्र नगरपालिका वडा नम्बर ११ बरातुका याेजनाहरूकाे अनुगमन गरिएकाे छ ।
अनुगमनमा अधिकांश याेजनाहरू सन्ताेजनक रहेकाे जनाएकाे छ ।अनलाईन्युुुजखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *