अखिल (क्रान्तिकारी) द्वारा पहिराेमा मृत्यु भएका बिकका घर परियार लाई राहात बितरण
अखिल (क्रान्तिकारी)कालिकाेटले पहिराेमा परी मृतु भयका घर परियार लाई राहात बितरण गरेकाे छ ।
खाँडाचक्र नगरपालिका वडा नं. ६ सेरा निवासी बर्ष ५२का बले बिककाे घर जाने क्रममा माेल्फा नजिकै माथिवाट आयकाे पहिराे छाेपी मृतु भयकाे थियाे । मृतक बले बिककाे घर परियारमा छाेरा दृष्टि बिहिन र बुहारी पनि अपाङ्ग भयकाे र घरमा अरु काेहिपनि कमाउन नसक्ने र अवस्था असाध्यै गाराे भयकाे कारण अखिल (क्रान्तिकारी)कालिकाेटले उहाँ हरुकाे घाउमा अलिकति भयपनि मलम पट्टि स्वरुप ९ बाेरा चामल, १० केजी दाल, १० पाकेट तेल, लगाउने कपडा र १ सेट बिष्तारा दिई राहात स्वरुप मृतकका छाेरा र श्रिमतिलाई हस्तान्त्रण गरेकाे हाे । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य भिम प्रसाद आचार्य, जिल्ला संयाेजक मनसिंह शाही, शिक्षा क्याम्पस सुर्खेतका बिद्यार्थी नेता हिक्मत शाही, जिल्ला सचिवालय सदस्य तथा निर्बाचन क्षत्र क. का सह संयाेजक लाेकेश पाेखरेल, सचिवालय सदस्य तथा सिटिई भिटी बिभाग प्रमुख समीर अधिकारी, सचिवालय सदस्य तथा शुभकालिका गाउपालिका संयाेजक नवीन हमाल लगायतका बिद्यार्थी नेता हरुकाे उपस्थितिमा राहात बितरण भयकाे हाे ।