खाँडाचक्र वडा नं. ६ का अति बिपन्न घरपरिवारलाई खाद्यान्न बितरण

कर्ण कुमाल

१२ असार, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का अति बिपन्न दलित घरपरिवारलाई खाद्यान्न राहात सामाग्री बितरण गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी हाल जापानमा अध्यनरत दिपक कुमार शाहीको नेतृत्व र जापानमा बसोबास गर्ने युवाहरुको सहयोगद्धारा अति बिपन्न दलित घरपरिवारलाई खाद्यान्न राहात सामाग्री बितरण गरिएको हो ।

कुमामोतो नेपाली समाज जापान, मित्रताको संगालो समाजसेवी ग्रुप जापान, खाँडाचक्र नगरपालिका वडा नं. ६ को आयोजना र नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा खाँडाचक्र नगरपालिका वडा नं. ६ सेरा बस्तीका ६५ घरधुरीका अति बिपन्न दलित घरपरिवारका सदस्यहरुलाई खाद्यान्न राहात सामाग्री बितरण गरिएको हो ।

खाँडाचक्र नगरपालिका वडा नं. ६ का अति बिपन्न परिवारका धरधुरीलाई १ बोरा चामल, १ केजी दाल, १ प्याकेट नुन र १ प्याकेट तेल गरी जम्मा ६५ घरधुरीका प्रत्येक नागरीकलाई उक्त राहात सामाग्री बितरण गरिएको हो ।

लकडाउनले बिहान के खाउ र बेलुका के खाउ भन्ने र काम गरेर पनि खानलाई हात मुख जोड्न धौधौ परेका अति बिपन्न दलित घररिवारलाई खाद्यान्न राहात सामाग्री बितरण गर्न जापानमा रहेर बिभिन्न सहयोगी मनहरु संग हातेमालो गरेर सहयोग संकलन गरि नेपाल पत्रकार महासंघ कालिकोटको समन्वय हुने गरि राहात समाग्री बितरण गर्न आर्थिक सहयोग जुटाई शाहीले कालिकोट पठाएका हुन् ।

शाहीले संकलन गरेर पठाएको उक्त रकमलाई ब्यवस्थित ढंगले खाद्यान्न सामाग्री खरिद गरि शनिवार नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत राज बिष्टको कार्यसमितीले खाद्यान्न सामाग्री लिएर खाँडाचक्र नगरपालिका वडा नं. ६ सेराका अति बिपन्न परिवारका सदस्यहरुलाई बितर गरेको हो ।

खाद्यान्न बितरण कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिकाका मेयर जसी प्रसाद पाण्डेले यो कुनै राजनितीक हिसाबले नभई अति बिपन्न दलित परीवारका नागरीकलाई जापान बाट संकलन गरेर पठाएको रकमले खाद्यान्न सामाग्री लिएर बितरण गर्न सेरामा पुगेको बताउनुभयो ।

जापानमा बसेर अध्यान गरिरहेका दिपक कुमार शाहीले आफ्नो जन्मभुमि कालिकोटको बिषयमा चिन्ता र चाँसो देखाउदै सहयोग जुटाएर पठाएको रकमले खाद्यान्न सामाग्री खरीद गरि बितरण गर्न सेरा बस्तीमा पुगेको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

प्रदेशी भुमीमा रहेर जन्मभुमी कालिकोटका बिषयमा चिन्ता र चाँसो राखि आफ्नो वडाका बिपन्न परिवारका लागी सहयोग संकल गरेर पठाएको प्रती खुसि ब्यक्त गर्दै नगर प्रमुख पाण्डेले धन्यवाद समेत दिनुभयो । कुनै पनि वडाका गरीब घरपरिवारका नागरिकले भोकै मर्न नपर्ने र जटिल समस्या आए नगरपालिकाले पनि सहयोग प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

राहात बितरण कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदीश शाहीले पार्टीको प्रचार र भोट दिने आशमा यो राहात बितरण नगरिएको बताउनु भयो । संकटका बेला आफ्नो वडाका लागी जापानबाट सहयोग संकलन गरेर पठाएको रकमले बिपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न बितरण गरिएको बताउनुभयो । एक घर एक धारा र कृषी लाई आत्म निर्भर बनाउन बिभिन्न समूहले काम गरिरहेको सेरा बासिलाई स्पष्ट पार्नु भयो ।

यसैगरि राहात बितरण गर्दै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले जापानबाट हातेमालो गरेर सहयोग संकल गरि दिपक कुमार शाहीले नेपाल पत्रकार महासंघ कालिकोट र कालिकोटका सम्पूर्ण पत्रकारको टोली एकपटक सेरा बस्तीमा गई अति बिपन्न दलित घरपरिवारका सदस्यलाई खाद्यान्न बितरण गरिदिन आफुलाई सम्पर्क गरेको र सहयोग पठाएको बताउनुभयो ।

जापान बाट शाहीले पठाएको रकमले खाद्यान्न सामाग्री खरिद गरि कालिकोटका बिभिन्न संञ्चार मिडियामा आबद्ध र नेपाल पत्रकार महासंघको टोली सहित राहात बितरण गर्न आएको बताउनुभयो । गरिब घरपरिवारको पिडादायीक अबस्था प्रति सिंगो पत्रकार महासंघको टोली राहात ल्यायर सेरा बस्तीलाई बितरण गर्न पुगेको महासंघका अध्यक्ष बिष्टले बताउनुभयो ।

जनताका जनजिबिकाका आवाज र सहयोग गर्ने सहयोगी मनहरुप्रती नेपाल पत्रकार महासंघ कालिकोट सधैब जागरुप भएर लाग्ने बताउनुभयो । दुख कष्ट र मेहनतका साथ रकम संकल गरि राहात बितरण गरिदिन सहयोग पठाउने दिपक कुमार शाहीलाइ धन्यवाद दिनुभयो ।

यस्तै नेकपा एमाले कालिकोटका उप सचिव कमल बहादुर शाहीले जापानमा रहेकका युवा दिपक शाहीलाई धन्यवादको पात्र घोसित गर्दै आफ्ना वडामा बसोबास गर्ने अति बिपन्न गरिब घरपरिवारका सदस्यहरुलाई जापान बाट राहात दिएकोमा दिपक शाहीलाई धन्यवाद दिनुभएको छ ।

राहात बितरण कार्यक्रमा खाँडाचक्र नगरपालिकाका मेयर जसी प्रसाद पाण्डे, खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदीश शाही, हुरुण्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलीप कुमार शाही, पर्यटन पत्रकार तथा रेडियो नयाँ कर्णाली कालिकोटका कार्यक्रम संयोजक प्रेमराज सिम्खाडा, रेडियो नेपाल कालिकोटका प्रधिनिधी पत्रकार अनन्त बराल, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारि, अनलाईन न्युज खबर कालिकोटका अध्यक्ष तथा राजधानिकर्मी पत्रकार बिश्वनाथ सिम्खाडा, पत्रकार महासंघ कालिकोटका सहसचिव तथा न्युज रारा डटकमका प्रबन्धक कर्ण कुमाल, रेडियो चंखेली एफएम कालिकोटका कार्यक्रम संयोजक हस्त चौलागाई त्रिकाल, त्रिवेणी खबर डटकम कालिकोटका अध्यक्ष मान बहादुर बिश्वकर्मा, दियो खबरका प्रबन्धक तुलराज पाण्डे, पत्रकार महासंघ कालिकोटका सदस्य छत्र रोकामगर लगायतकोे उपस्थित टोलीले उक्त राहात सामाग्री बितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *