पलाँता गाउँपालिकाको कुवा बजारका २ पसल भत्किदा ५० हजार भन्दा बढी क्षती ।

कमल कुमाल कालिकाेट पलाँता गाउँपालिकाको कुवा बजारका २ पसल भत्किदा ५० हजार भन्दा बढी क्षेती भएकाे छ।
भिषण वर्षा संगै आएको वढी पहिरोले जिल्लाको पालँता गाउँपालिकाको वडा नं ९ थिर्पुको माथिबाट आएको ठुलो पहिराले कुवा बजार २ खाद्यान्न पसल भत्काएको छ । पसल खलिरहेको बेला आचानक माथिबाट आएको पहिरोले खाद्यान्न समान समेत छेती भएको छ । पलाँता गाउँपालिका बडा नं.१ खडा बस्तीका अंगविर भण्डारी र पलाँता गाउँपालिका पुलहाका लोकेन्द्र न्यौपानेको पसल भत्किएको स्थानिय बासिन्दा तथा स्मृती कला साहित्य प्रतिष्ठान पलाँताका अध्यक्ष पुर्ण सिंह बमले जानकारी दिनुभयो ।
पसल भत्किदा मानविय क्षति नभएको तर पसल भित्र रहेका खाद्यान्न सामान क्षती भएको पहिरो पिडित लोकेन्द्र न्यौपानेले बताउनु भएको छ ।बिहीबार विहान ९ वजे पसल माथिबाट आएको पहिरोले आफ्नो पसलमा रहेका सामानमा क्षति भएको बताउनु भयो ।
पहिरो पिडीत न्यौपानेका अनुसार पहिरो सानो थियो तर मानविय क्षति हुनबाट जोगियौं तर पसलमा रहेको सामान सुरक्षित गर्न नसकिएको न्यौपानेले गुनासो गर्नुभयो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *