पहिरोले पोल ढलेपछि राष्ट्रिय बिधुत प्रसारण लाइन अबरुद्ध

३१ जेष्ठ, कालिकोट । कालिकोट जिल्लाको जिते बजारमा आएको पहिरोले राष्ट्रिय बिधुत प्रसारण लाइन अबरुद्ध भएको छ।

जिते बजारको छहरा नजिकै आएको पहिरोले राष्ट्रिय बिधुत प्रसारण लानको पोल ढलेपछि बिधुत सेवा अबरोध भएको नेपाल बिधुत प्राधिकरण कालिकोटले जनाएको छ।

निरन्तरको भारि वर्षा संगै आएको पहिरोले माथिबाट आएको ढुङ्गाले बिधुतको पोल ढलेपछि सेवा अबरोध भएको हो।

निरन्तर वर्षा भैइरहेकाले राष्ट्रिय बिधुत प्रसारण लाइन मर्मतको काम गर्न कठिनाइ भैरहेको बिधुत बितरण केन्द्र कालिकोटले जनाएको छ।

निरन्तर भैरहेको भारि वर्षा रोकिए पछि मात्र राष्ट्रिय बिधुत प्रसारण लाइन मर्मत गर्न सकिने र वर्षा निरन्तर भइरहे मर्मत गर्न पनि कठिनाइ रहेको बताएको छ।

निरन्तरको भारि वर्षा नरोकिए सम्म राष्ट्रिय बिधुत प्रसारणको लाइन बन्द रहने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कालिकोटका प्रमुख मेघराज जोसिले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *