जाेखिममा रहेका नागरिकलाई सचेत रहन अध्यक्ष बिष्टकाे अाग्रह

कमल कुमाल/ ३१ जेष्ठ, कालिकोट । कालिकोटमा सबै भन्दा बढि नरहरिनाथ गाउँपालिका ,रास्कोट र तिलागुफामा क्षेति भएको थियो । यो वर्ष समयमै मनसुन फर्केको भन्दै वर्षाले बाढि पहिराेका कारण धनजनको क्षेति हुन सक्ने भएकाले अाफ्ना नागरिकलाई सचेत रहन नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिर बहादुर बिष्टले अाग्रह गर्नु भयो।

उधेरै घरहरु बिस्थापित भए,जिल्लाकै उच्च जाेखिममा रहेकाे नरहरिनाथ गाउँपालिका सरकारले यो वर्ष समयमै सचेत रहन अाग्रह गरेको हो गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्टले बताउनु भयो। अाइतबार देखि निरन्तर आएकाे भारी वर्षाले जन जीवन प्रभावित पारेको भन्दै बिष्ट बर्खा काे समयमा सचेत रहन अाग्रह गर्नु भयो। माैसम पुर्वानुमान माहाशाखाका अनुसार वर्षकै भारी पानी पर्ने सार्वजनिक भईसकेकाले सम्पुर्ण नागरिकहरुलाई सचेत रहन आग्रह गरीएकाे हो।

कर्णाली नदि तटिय क्षेत्र र तिला नदि आसपासका क्षेत्र अनि नदि खोला किनार बस्तिका नागरिकहरु यसकाे उच्च जाेखिममा हुने भएकोले सचेत रहन प्रमुख जिल्ला अधिकारी तथा बिपद् ब्यबस्थापन समिति का अध्यक्ष कृष्ण प्रसाद आचार्यले अाग्रह गर्नु भएको छ।

आइतबार देखि आएकाे भारी वर्षाले जिल्ला भरि के कति क्षति पुर्यायाे भन्ने अप्रेशन खबर काे प्रश्नमा प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाह ले बिहान सम्मकाे जानकारी अनुसार गाडि चलिराखेकाे कुनै पनि ठाउँमा अप्रिय घटना भएको खबर नआएको बताउनु भयाे।

समयमै पानी परे पछि जिल्लाका किसानहरु भने धान राेप्न सजिलाे हुने भन्दै खुसि भएकाे बताईएको छ। गएकाे वर्ष नरहरिनाथ गाउँपालिकाका धेरै बस्तिमा वर्षाले क्षेति भएको थियो। पालिका भरिका धेरै घरधुरि बिस्थापित भएकाछन् , बिस्थापित घरधुरि मध्य २ सय ४ घरधुरी लाई गाउँपालिकाले वडा नम्बर ४ काे सुघुरखालमा लिएर सुरक्षित स्थापित गरेकाे गाउँपालिकाका अध्यक्ष धिरबहादुर बिष्टले बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *