कर्णाली राजमार्ग ठाउँठाउँमा पहिराे

रातिबाट लगातार आएको भारि बर्षाका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा छेत बिच्छेद भएको छ। लगातारको भारि  बर्षाका कारण सडकका बिभिन्न ठाउँमा पहिरो झरेपछि कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको हो।

गएरातिको भारि बर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षाका कारण गए रातिदेखि निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

गगने खोलाको भिरमा बर्सेनि पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म कम्तिमा ७/८ पटक सडक अवरुद्ध भएको छ।

भिषण बर्षाका कारण पहिरो पन्छाउन पनि कठिनाइ भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार वर्षा रोकिए पछि स्काभेटर पठाएर मात्र पहिरो पन्छाउन सकिने सम्भावना रहेको बताए।

कालिकोट जिल्लामा खुकुलो निषेधाज्ञाका कारणले यातायातका साधन खासै नचलेको भएपनि फाटफुट चल्ने यातायातका साधन र माल वाहक गाडीका लागि सडकको पहिरो पन्छाउनु पर्ने प्रहरी निरिक्षक शाहीको भनाई  छ।

बर्षको सुरुवातीमै त्यहीँ ठाउँमा पटक पटक पहिरो 

आईतवार रातिबाट निरन्तर भइरहेको अबिरल बर्षाले  गगनेखोला संगै कर्णाली राजमार्गका बिभिन्न ठाउँमा ससाना  पहिरो झरेको छ। राजमार्गमा आएका ससाना खहरे खोलाका कारण पनि पहिरो पन्छाउन निकै कठिनाइ हुने बताइएको छ।

कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक सवारीसाधन अलपत्र परेका छन्।

लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ।

सडको पहिरो पन्छाउन भिषण बर्षाले दिदैन

जिल्लाको टाकुल्ला, चौखोला लगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ। पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। सडक सञ्चालनका लागि स्थानीयबासी प्रहरी, र डोजर मार्फत पहिरो पन्छाउने काम भइरहेको छ।

कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताए।

यसैगरी कालीकोटको सुनारखोलामा आएको हिलाम्मे पहिरोले पनि माल वाहक सवारी साधन हिलोमा चढ्न नसक्दा स्काभेटरको सहायताले निकाल्ने प्रयास गरिरहेको छ। वर्षौ देखि कोलिकोटको सुनारखोला,मेयरखोला, घट्टेखोला, गगनेखोला, टाकुल्लाखोला, सिम्लेगाडमा बाढी र  पहिरोले सडक अबवरोध हुने गरेको छ।

पहिरोले सडक अबरुद्ध हुँदा पनि अहिलेसम्म यहाँका स्थानीय तहले पहिरोलाई नियन्त्रण गर्न कुनै पनि बिकल्प भने नखोजेको प्रष्ट देख्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *