स्वास्थ शाखाको अन्तरक्रिया कार्यक्रम पलातामा

कालिकोट जिल्लाको पलाता गाउँ पालिका स्थित दुर्शिमा स्वास्थ शाखाको अन्तरक्रिया कार्यक्रम सङ्गै स्वास्थ सामाग्री हस्तान्तरण सम्पन्न भएको छ । पलातामा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको छ ।

उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ९पलातिकान्छा० उपाध्यक्ष दाना न्यौपाने पलाता अस्पताल प्रमुख डाक्टर बिजय कुमार महतो उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई पलाता अस्पतालका लेखापाल लगाएत पत्रकारको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष बमका अनुसार समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको अध्यक्ष बमको भनाइ छ । कार्यक्रम अन्तरगत समुदाय र स्वास्थ्य संस्थामा भएको आवश्यकतालाई पूरा गर्ने गरि स्वास्थ्य सामग्री सहयोग गरेको गाउँ पालिका उपाध्यक्ष न्यौपानेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *