सोसेक नेपालले पलाता अस्पताल लाई स्वास्थ सामाग्री बितरण

कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा रहेको पलाता अस्पताल लाई सोसेक नेपाल दैलेखले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ९पलातीकान्छा० ९ का अध्यक्ष टक्क बहादुर बम
डाक्टर बिजय कुमार महतो उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई पलाता अस्पतालका लेखापाल पटक बिश्वकर्मा सोसेक नेपाल दैलेखकि सहायक कार्यक्रम निर्देशक दुर्गा गिरि सामाजिक परिचालक पार्बती शाही बम कोभिड अस्पताल पलाताका इन्चार्ज जय बि।क लगाएत पत्रकार हरुको उपस्तिथि रहेको थियो ।

कोभिड १९ को सक्रमण तथा जोखिम न्युनिकरणका लागि सुरक्षीत सामाग्रिको रुपमा चिकित्सकले लगाउने पोसाक बजारमा पिपिइ अभाव रहेको अबस्थामा समेत पिपिइ सेट खरिद गरि स्वास्थ्यकर्मीहरु लाई उपलब्ध गराएको हो । त्यस्तै सेनिटाइजर, माक्स, अक्सिमिटर, सर्जिकल ग्लोब्स, कोलोरिन स्प्रे लगाएतका सामाग्री पलाँता गाउँपालिकाको कोरोना भाइरस संक्रमित नागरिकलाई आइसोसन तथा पलाँता अस्पतालमा पुगि हस्तान्तरण गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *