अन्धकार छाएको कालिकोटमा बिद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्यो

नेपाल विद्युत प्राधिकरणले दुल्लुदेखि कालिकोट मान्म सम्मको ३३ केभी राष्ट्रिय प्रसारण लाइनको बिस्तार गरेको छ।

तत्कालिन उर्जामन्त्री हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा ३३ केभी राष्ट्रिय प्रशारण लाइन मंगलबार कालिकोट जोडिएको हो।

नेपाल बिद्युत प्राधिकरणको कालिकोट सेवा केन्द्रले बैशाख २८ गते बाट दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालिकोटको मान्म बजार सम्म गाडीएका पोलमा तानिएका तारहरुमा बिद्युत प्रवाह हुने जानकारी दिएपछि बिद्युतको राष्ट्रिय प्रसार लाइन मंगलबार कालिकोट पुगेको हो।

कालिकोटमा बिद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेपछि कालिकोटका स्थानीय बासि खुशी देखिएका छन्।

५ वर्षभित्र निर्माणकार्य पूरा गरी सक्ने लक्ष्यसहित अगाडि बढाइएको कर्णाली राजमार्ग विद्युत प्रसारण लाइनको सव स्टेसन तयार पछि कालिकोटमा मंगलबार राष्ट्रिय प्रसारण लाइनको बिस्तार भएको हो।

तत्कालीन ऊर्जामन्त्री हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा कर्णाली क्षेत्रमा उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका कालिकोटको रेगिलघाटमा ४ सय केभी प्रसारण लाइनको डीपीआर निर्माण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *