पलाँता गाउँपालिका वडा नम्बर ७ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को पार्टी कार्यालय उदघाटन

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ७ को नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को पार्टी कार्यलय उदघाटन सम्वनय सदस्य तथा पलाँता गाउपालिका सह इन्चार्ज अनन्त बि.क (राजेश) द्वारा उदघाटन गरिएको छ ।

उदघाटन कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष तथा होनहार युवा नेता लक्ष्मण बहादुर बम (पलातिकान्छा) उपाध्यक्ष दाना न्यौपाने कालिकोट जिल्ला सम्वनय सदस्य अनन्त बि क राजेश नेपाल कम्युनिस्ट पार्टी ७ का पार्टी अध्यक्ष जनराज बमको अध्यक्षतामा अनेरास्ववियु केन्द्रिय सदस्य रबिन्द्र शाही पलाँता निर्माण दल संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गाउँ कमिटी सदस्य कल बहादुर बम, अखिल क्रान्तिकारी कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य द्वय खगेन्द्र मल्ल, सुरेश प्याकुरेल, पत्रकार लगाएत टिमको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

ने.क.पा माओवादी केन्द्र पलाँताका सह इन्चार्ज बि. क का अनुसार मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अंगालेको एकीकृत नेकपा माओवादीले प्रचण्ड पथका रुपमा अघाडी बढ्ने उदेश्यका साथ पार्टी लागि परेको र पलाँतामा फेरि पनि माओवादी केन्द्रको आउने चुनावमा पहिलो पार्टी हुने दाबी सहित आफ्नो भनाइ राख्नु भएको छ । भोलि मात्र पार्टी सहईन्चर्ज र पलाँता सरकार बिच बसेर कोभिड नियन्त्रणका लागि युवा संवयमसेबक बनाउने जानकारि दिनुभएको छ । कोभिड नियन्त्रणमा पलाँता सरकारले सर्बदलिय समिति बनाएर कामको जिम्मा दिएकोमा पलाँता सरकारलाई देशकै उदारणिय सरकार बनेको मा धन्यवाद समेत दिनु भएको छ । पलाँता सरकार एक सफल र डाईनामिक रहेको जिकिर गर्दै माओवादी केन्द्रले अध्यक्ष बमलाइ पार्टीले उच्च सम्मान गर्ने बताउनु भए सङ्गै केही ब्याक्तिका कारण सरकारको बदनाम गरे पनि सरकार पार्टीको नितिमा कठि बद्ध रहेको कुरा सबैले मनन गर्न अनुरोध समेत गर्नु भएको छ ।

गाउँ पालिका अध्यक्ष बमका अनुसार किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका लागि ने.क.पा माओवादीको पहिलो चर्चा रहेको र दस बर्षिय जनयुद्धमा आफ्नो अमुल्य जीवन गुमाउनु भएका सहिद परिवार तथा घाइते अपाङ्ग लाई सधै सम्झिदै फेरि पनि पलाँतामा ने क पा माओवादी केन्द्रको सत्ता रहने दाबी गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *