प्रतिगमनका बिरुद्ध ५ वटा दलको सयूक्त विज्ञप्ति कालिकोटमा

प्रधानमन्त्री केपि ओलिकाे शिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मध्यराति प्रतिनिधि सभा विघटन असम्बैधानिक भएकाे भन्दै,कालिकोटका पाँच राजनीति दलले संयुक्त विज्ञप्ति प्रकाशित गरेका हुन।

नेपाली कांग्रेसका पार्टी सहसचिव? दमनबहादुर शाही,नेकपा माओवादी( केन्द्र)का अध्यक्ष धनजित शाही ,नेकपा एमाले माधव समुह पक्षका महिला नेतृ कृष्णकला पाण्डे, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षधरका जिल्ला अध्यक्ष माधवप्रसाद उपाध्याय र राष्ट्रिय जनमाेर्चाका कृष्ण शाहीले गरि पाँच राजनीति दलकाे माेर्चा कसेर संसद विघटन र नागरिकता विधेयककाे विरूद्वमा वर्तमान सरकारले चालेका कदम असम्बैधानिक रहेकाे भन्दै संयुक्त विज्ञप्ति निकालिएको जनाईएकाे छ।

विज्ञप्तिमा ओलि सरकारले, अलाेकत्रान्त्रिक, निरंकुश,तानाशाही र स्वाछ्चारि ढंगले गरिएका कदम नसच्चाईए प्रतिगमनकारी का विरूद्वमा संयुक्त संघर्ष समेत गर्ने चेतावनी दिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *