गाउँपालिका भवनको अध्यक्ष बमद्वारा अनुगमन

पलाँता सरकारको पूर्ण सभाहल तोकेको गाउँपालिकाको सेन्टर लोडेज्यूलामा गाउँपालिकाको स्थाई भवन बन्ने भएको छ।

लोडेज्यूलामा गाउँपालिकाको स्थाई सेन्टर बनाउने निर्णय गरेपछि यसै बर्ष २५ लाखमा न्याय पालिका र ४० लाखमा कार्यपालिकाको २ वटा पक्कि भवन बन्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो।

२५ लाखमा बनाइने भनेको न्याय पालिकाको भवनको काम ७० प्रतिशत भइसकेको र बाकि काम निर्माणधिन अबस्थामै रहेको पनि उहाँले बताउनुभयो।

यसैबीच ४० लाखमा कार्यपालिकाको पक्कि भवन बनाउनका लागि सम्झौता भइसकेको र आवश्यक सामाग्री खरिदको प्रकृयामा रहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति (कान्छाँ) ले बताउनु भएको हो।

सबैको सर्वसम्मत प्रक्रियामा गाउँपालिकाको स्थाई भवन लोडेज्यूलामा बनाउन लागिएको अध्यक्ष बमले बताउनु भएको छ।

निर्माधिन अबस्थामा रहेको २५ लाखको न्याय पालिकाको भवन आज अनुगमन गरिएको पनि उहाँले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *