पलाँता सरकारले बिरामि लक्षण भएकालाई घरमै गएर कोराना चेक गर्ने

कालिकोट जिल्लामा कोरोना भाईरस कोभिड-१९ को अर्को नयाँ भेरियन्टको महामारी उग्र रुपमा फैलिदै गएपछि पलाँता गाउँपालिकाले जिल्ला बाहिरबाट आएका जाे कसैलाई पनि गाउँपालिका प्रवेश गर्दा अनिवार्य काेराेना परिक्षण गरेर मात्र प्रवेश गर्ने गरेकाे छ। पलाँता बिपत ब्यबस्थापन समितिको बैठक सम्मपन्न भएकाे ।निर्णय न 1मा गाउपालिकाका तीन वटा गाडि क) जिते बाट बाहिर जिल्ला ख)घाटाचौर देखि लालिघाट सम्म ग)पालिका भित्र अक्सिजन जोडेर बिरामि बोक्न प्रयोग गर्ने निर्णय गरेकाे गाउपालिका अध्यक्ष लक्षमण बहादुर बमले बताउनु भयाे । प्रस्ताव न 2 मानबिय उद्धार तथा ब्यबस्थापन क बिष्णबहादुर राेकाया ( ईन्द्र )काे संयोजकत्वमा 9 सदस्य समिति गठन गरियाेकाे छ ।, क्वारेन्टाइन तथा आईसुलेसन ब्यबस्थापन समिति लोकेन्द्र बुढाको संयोजकत्वमा 9 सदस्य र धर्मराजबमको संयोजकत्वमा 9 सदस्य आबस्यक सामाग्री खरिद समिति गठन गरियाेका छ। माओवादी केन्द्र , एमाले , नेका र राप्रपा को सहभागितामा सर्बदलिय समिति गठन गरिएको हाे।            निर्णय न 3 ब्यबस्थापन र उद्धारमा आबस्यक आर्थिक ब्यबस्थापन मा आर्थिक ब्यबस्थापन स्थानिय सरकारले कमि हुन नदिने र अनुगमन मा निरन्तर खटिने निर्णय गरियो छ ,निर्णय न 4 आबस्यकतामा मिटिङ जतिखेर पनि बस्ने निर्णय न 5 स्वास्थ्यकर्मी र नियन्त्रणमा खटिने सुरक्षाकर्मि र स्वयमसेवक खटिएको दिनमा दैनिक खाना खर्च 500 पाँच सय भर्ता भुक्तानी दिने र अहिले खटेकालाई पनि ब्यबस्थापन गर्ने निर्णय गरेकाे छ ,निर्णय न 6 लक्षण देखिएका नागरिकलाई गाउँमै गएर ईन्टिजेन्ट किटबाट कोराेना चेक गर्ने निर्णय गरियो गाउपलिका अध्यक्ष बमले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *