कोरोना रोकथाममा सरकार उदासिन

नेपाली काँग्रेश जिल्ला कार्यसमिति कालिकोटले पछिल्लो समय देशमा कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि हँदै गएकोमा नियन्तण भन्दा वाहिर जान सक्ने भन्दै सवैले आ आप्mनो ठाउमा सुरक्षित हुन विज्ञप्ति मार्फत आग्रह गरेको छ । पार्टि कार्यलय सचिव हरीष वोगटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ कोरोना नियन्तणमा वर्तमान सरकार उदासिन , असंवेदनसिल र नागरीकको स्वास्थ्यप्रति गैरजिम्म्मेवारी रहेका कारण दिनहुँ हजारौको संख्यामा नागरीक संक्रमित हुनुका साथै उचित उपचारको अभावमा नागरीकाले ज्यान समेत गुमाउदा सरकार आप्नै कुर्चिको लडाइमा ब्यस्त भएको छ । कोभिड १९ नियन्त्रण र रोकथाममा असक्षम रहेको वर्तमान सरकारको विरोध गर्दै कालिकोट जिल्लामा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । कोरोना महामारीमा ९ वटै स्थानिय तह र ८२ वटै वडा सरकार का साथै प्रदेश सरकार पनि कोरोना नियन्त्रणमा उदासिन भएर वसेको छ । यो विपतिमा प्रदेश सरकार,स्थानिय सरकारले स्वास्थ्य सामाग्रि,आइसुलेसनको ब्यवस्था,स्वास्थ्यकर्मिको उचित ब्यवस्था गरी नागरीकको स्वास्थमा जिम्मेवार बन्न सरकारलाई ध्यानाकर्षण गर्दछौ ।साथै यो विपतिमा नेपाली काँग्रैसका नेता ,कार्यक्रतार्, सदस्य तथा सुवेच्छुक संस्थाहरुलाई स्वास्थ्यका मापदण्ड अपनाइ संकटमा परेका नागरीकलाई सक्दो सहयोग गर्न र कालिकोटमा २ वटै प्रदेशका स्थानिय तहलाई विषेश गरी नागरीकको जन जिवनको वारेमा ख्याल गर्न अपिल गरीएको छ । जिल्लाका ९ वटै स्थानिय तहमा लागुहुने गरि जेठ २ गते सम्म निषेधाज्ञा गरिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *