पलाँताको हरेक टोलटाेलमा अब गाडी

कालिकाेट जिल्ला पलाता गाउँपालिकाको थाडी ढकेना मिजुबाडा हुँदै राडुनेटा जोड्ने सडकको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाँले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ।

थाडि ढकेना  मिजुबाडा हुदै राडुनेटा जोड्ने सडकको आजबाट काम सुरु भएको र अब असारसम्म वडा नं. २ को टोलटोलमा गाडि पुर्याउने सपना पनि पुरा भएको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।

लामो अर्थक मिहिनेत र परिश्रम गरेर पलाँताका जनतालाई घरघरमा गाडी चढ्ने सपना पूरा गरेको पनि उहाँले बताउनुभयो।

हरेक वडा र टोल टोलमा सडकले छोएको र हरेक बस्तीहरुमा सडक संञ्जाल बिस्तार गर्ने आफ्नो प्रतिबद्धता पनि पूरा भएको गाउँपालिका अध्यक्ष बमले बताउनु भएको छ।

अध्यक्ष बमले थाडि ढकेना मिजुबाडा हुदै राडुनेटा जोड्ने सडकको आफ्नै हातले स्काभेटर चलाएर सडकको शिलान्यास गर्नु भएको हो।

पलाँता बासिको घरघरमा गाडी चढ्ने सपना अब छिट्टै पूरा भएको पनि उहाँले बताउनुभयो। यस भन्दा अघि गाउँपालिका अध्यक्ष बमले थिर्पुमा गाडी पुर्‍याउन ड्रम माथि गाडी पनि तार्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *