संकटमा आत्मरक्षा केन्द्रित नेता र जनप्रतिनिधिको जनाताले हिसाब राख्ने छन अध्यक्ष बमकाे भनाई

कमल कुमाल कालिकाेट कोरोना भाईरसले तिब्र रुप लिएका बेला नेता र जनप्रतिनिधि लाई आज देखि नै कोराना भाईरस नियन्त्रणमा खटिन पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाँले आग्रह गर्नुभएको छ।

उहाँले आफ्नो ब्यक्तिगत फेसबुक पेजमा देशमा संकट आईरहेका बेला लुक्ने नेता र जनप्रतिनिधिको जनताले एकएक हिसाब राख्ने छन् र राखेका पनि छन् त्यसैले सम्पूर्ण नेता र जनप्रतिनिधि हरुले आजै देखि महामारी नियन्त्रणमा खटिन र जनता रहेपो भोट मागोैला गाउँपालिका अध्यक्ष बमले आफ्नो फेसबुक पेजमा सो कुराको उल्लेख गर्नुभएको छ।

जहाँ जनतालाई संकट पर्छ त्यतिबेला जनप्रतिनिधि हरुले नखटिने हो भने नागरिकले भोट दिएर जिताएको कुनै अर्थ नरहने उहाँले बताउनुभयो।

विश्व यतिबेला कोरोना भाईरस कोभिड-१९ बाट आतंकित र त्रसित रहेका बेला स्थानीय सरकारले आफ्ना जनताका समस्या लाई समयमै ब्यवस्थापन गर्न नसकेमा झन भयाभह अबस्था आउन सक्ने उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले गरेका हरेक कामहरुको यतिबेला हरेक ठाउँबाट प्रसंसा भईरहेको छ आफू जनप्रतिनिधि भएको हिसाबले र आफूमा मानवताको ब्यवहार भएको हिसाबले आफुले गर्नुपर्ने नागरिकका हरेक समस्या र चुनोैति लाई ब्यवस्थापन गरेर अगाडि बढेको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो।

यतिबेला सामाजिक संञ्जालमा गाउँपालिका अध्यक्षले दिएका हरेक बिचार र अभिव्यक्ति प्रति जनताले र सामाजिक संञ्जालका ब्यक्ति हरुले राम्रो बिचार समेत ब्यक्त गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *