अनेरास्ववियु कालिकोटद्वारा ध्यानाकर्षण पत्र प्रशासन कार्यालमा बुझाए

कमल कुमाल   कालिकोट : राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु कालिकोटले कोरोना भाइरस कोभिड-१९ नियन्त्रण तथा रोकथामा लागी सरकारी तथा गैर सरकारी शैक्षिक संस्थाहरुमा सृर्जित संकटको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ।

कोरोना भाईरसले शैक्षिक संस्थाहरु बन्द हुने भएपछी अनलाइन कलास संचालनका लागी बत्तीको बैककल्पिक व्यवस्थापन गर्न माग गरिएको छ। अनेरास्ववियुका जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमित शाही र केन्द्रिय सदस्य हिक्मत जंग मल्लले बत्तीको बैकल्पिक ब्यवस्थापन गर्न पाँच वटा बुधामा मागहरु पुरागर्न ध्यानकर्षण पत्र बुझाएका हुन।

ध्यानाकर्षण पत्रमा कालिकोटमा दैनिक २२ घण्टा लोडसेडिङ घटाएर विद्यार्थीलाई अनलाइन कक्षा संचालनका लागी बत्तीको बैकल्पिक ब्यवस्था गर्न, जिल्ला सदरमुकाम मान्ममा खानेपानीको ब्यवस्थापन गर्न, लकडाउनमा लिने चर्को भाडादर नियन्त्रण गर्न,अवरुद्ध भएको फोजी सेवा सुचारु गर्नु पर्ने र दैनिक उपभोग्य बस्तुको कालोबजारी रोक्न माग राखेको छ।

विद्यार्थी संगठनले यस्तो विषयमा उठाएको मागहरु प्रर्ती सामाजिक संञ्यालमा प्रशसा समेत गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अनेरास्ववियु कालिकोटका युवाहरुको यो जोस र जागर र साथ भए यी समस्याको चाँडो समधान हुने समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *