अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकाेटकाे भेला तथा कार्यालय उद्वघाटन

अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकाेटकाे भेला तथा कार्यालय उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अथिति भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाहिले महिलामाथि शोषण, हिंसा र उत्पीडनका विरुद्ध सम्पूर्ण महिलाहरुले एकीकृत भएर संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागी संगठनमा आबद्ध हुनुपर्ने बताउनु भयाे ।                                                               कार्यक्रमका विशेष अथिति माओबादि केन्द्र कालिकाेटका पार्टि अध्यक्ष धनजित शाहि (आर्दश)ले महिलाहरुको वास्तविक मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताउदै दलाल राज्यसत्ता विरुद्ध संघर्षको विकल्प नभएको बताउनु भयाे ।कार्यक्रममा माओवादी केन्द्र जिल्ला डिसिएम तारा न्याैपाने,गंगा खडका,किस्नाकला काफ्ले, एलिना सिहं लगायतले बोल्दै महिला मुक्ति एकीकृत जनक्रान्तिमार्फत् हुने बताएका थिए ।                                                                                  अखिल नेपाल महिला संघ क्रान्तिकारी संयाेजक मिठु शाहि (बम) शाैलिजा कार्यक्रम समापन गदै बमले संगठनलाई चुस्त दुरुस्त बनाउदै हरेक बस्ति टाेल सम्म ब्यापक रूपले सदस्य नबिरण गर्ने ,संगठन निमार्ण गर्नका साथै २०७८ साल बैसाख १५ गते देखि बैसाख मसान्त सम्म गाउँ नगर कमिटिकाे भेला , सम्मेलन , मिटिङ गर्ने निर्णय , गाउँ नगर कमिटिका भेलाे सम्मेलन सम्पन्न गर्न निर्णय गरेकाे बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!