सरकारमा जाँदा बित्तिकै नागरीकका गुनासा बिर्सिन्छन् भन्ने भरम हो- मुख्यमन्त्री शाही

१२ चैत, कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासलाई भरपूर उपयोग गर्नका लागी आर्थिक हिसाबले सम्पन्न र गरिवीको अन्त्यहुनुपर्ने बताएका छन्। आईतबार नेपाल पत्रकार महासंघ कालिकोटले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन्।

कालिकोट जिल्लाका राजनितिक नेतृत्वलाई नेपाल पत्रकार महासंघ कालिकोटले गज्जबको च्यालेन्ज दिइसकेको र पत्रकार महासंघले गर्ने जिम्मेवारी जुनदायित्व र भुमिका छ त्यो पूरा गरेको उनले बताए। गएको चैत २५ गते भएको नेपाल पत्रकार महासंघको चुनावमा कालिकोटले छलफल प्रकृयामा जुन सर्वसम्मत ग¥यो त्यही कुराले राजनितिक गर्ने नेताहरुलाई पनि एक खालको राम्रो सन्देश दिएको बताए।

अब कालिकोटको विकास गर्नका निमित्त कालिकोटका सबै राजनितिक पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको मुख्यमन्त्री महेन्द्रबहादुर बताएका छन्। आआफ्नो राजनितिक आस्था फरक ठाउँमा भएपनि जिम्मेवारी र एजेण्डा नेपाल पत्रकार महासंघको साझाँ भएको उनले बताए। जो जुन पदमा भएपनि कालिकोट जिल्ला निमार्ण गर्ने कुरा साझाँ एजेण्डा रहेको र विकास निमार्ण गर्नका लागि सबै एक ठाउँमा उभिएर सहकार्य गर्नुपर्ने र छलफल गर्नुपर्नेमा सबैले जोड दिनुपर्ने उनले बताए।

नेकपा बिभाजन पछि देखिएका जुन तातो तातो समस्याहरु छन् यो क्रमस रुपमा चिसिदै जाने र यो समय परीस्थिति अनुसार बनाएको बताए। जनताले दिएको भारी मतको कदर गर्दै मुखयमन्त्री महेन्द्र बहादुर शाहीले आफुले नागरीकलाई कहिल्यै पनि नविर्सिने बताएका छन्। ‘उनले भने’ सत्तामा जाँदा बित्तिकै सबैकुरा बिर्सिन्छ भन्ने कुरा मन बाटै चिर्न जरुरी रहेको उनले स्पष्ट पारे।

सरकार र सत्तामा रहेका कुनै ब्यक्तिले यो भरम चिर्न नसक्दा जुन समस्या आयो तर फेरी राष्ट्रियता संकटमा पर्न थाल्यो जनतामा एउटा ठुलो संकट आउने सिर्जन भयो भने त्यतिखेर हामिले सबै नेपालका राजनितिक पार्टीहरुले मिलेर संबिधानको रक्षा गर्नुपर्ने र अस्थिरता कार्यान्वयनको ब्यवस्था बाहेक अन्य विकल्प नरहेको उनले बताएका छन्। पत्रकार भनेको एउटा ठुलो चेतना र सूचनाको संम्वाहक रहेको पनि उनले बताए। समग्र कालिकोट जिल्लालाई एकताबद्ध र कालिकोट जिल्लाका बिसंगती र विकृतीलाई अन्त्यगर्ने कुरामा मुख्य निर्णायक र महत्वपूर्ण भूमिका रहने बिचार ब्यक्तगर्दै नयाँकार्य समितिमा सर्वसम्वत चयन भएका पदाधिकारीहरु लाई कार्य सफल्ताको शुभकामना समेत दिएका हुन्।

यस्तै कृर्षि मन्त्री कुर्मराज शाहीले विकास र खोजमुलक पत्रकारीतामा सबैको कलम चल्नुपर्ने बताए। पछिल्लो समयमा पत्रकारीतामा देखिएको विकृती विरुद्धमा महासंघले कडा रुपमा लाग्न सुझाव समेत दिएका छन्।  नेपाल पत्रकार महासंघ कालिकोट शाखाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भुमि ब्यवस्था कृर्षि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई सम्मान गरेको हो।

गत चैत २५ गते सम्पन्न २६ औं महाधिबेशन बाट सर्वसम्वत निर्वाचित अध्यक्ष भरतराज बिष्टको नेतृत्वमा रहेको समितिले महासंघको आफ्नै भवनमा बोलाएर स्वागत तथा सम्मान गरेको हो।

यस्तै लामो समयदेखि प्रयोग विहिन अबस्थामा रहेको भवनको ब्यवस्थापनको क्रममा मुख्यमन्त्री पहिलो पटक आएपछि भवनको सभाहलमा स्वागत तथा सम्मान गरीएको नेपालपत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराजबिष्टले बताए। ‘उनले भने’ लगानि अभावकै कारण भवन जिण भएकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा समेत रहेको बताए।

भवनको ब्यवस्थापन र संरक्षणका लागी ५० लाँख सम्मको बजेटको प्राबिधिक मुल्याकंनका आधारमा आवश्यक्ता रहेको समेत मुख्यमन्त्रीलाई जानकारी गराए। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आवश्यक्ता अनुसारको बजेट सहयोग गर्ने बताए। कार्यक्रममा माओवादी केन्द्रका कालिकोट जिल्ला अध्यक्ष धनजित शाही,नेता महेश केसी,मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव कृष्न प्रसाद आचार्य लगातका नेता तथा पत्रकारहरुको सहभागिता रहेकको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!