नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र ) नरहरिनाथ गाउँ कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) नरहरिनाथ गाउँ कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र कालीकोटका जिल्ला अध्यक्ष धनजित शाहीको प्रमुख आतिथ्यतामा नरहरीनाथ गाउपालीका अगुवा कार्यकर्ताहरुको भेला र कार्यालयको उद्धघाटन गरिएको छ । अगुवा भेला कार्यक्रममा बोल्नु हुँदै शाहीले पछिल्लो समयमा देशको राजनीतिक  नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको बताउनु भएको थियो । पार्टीलाई सशक्त र बलियो बनाउने केन्द्रिय स्तरका नेताहरु बीच एकता भावना हुन आबश्यक रहेको बताउनु भयो ।
उहाँले पार्टी भित्र केहि उग्रपन्थी संक्रिण स्वभावका केहि नेताका कारण गाउँमा संगठन विस्तार र एकता कायम गर्न नसकिएको बताउँदै पार्टी केन्द्रमा कुरा राखिसकिएको यो छिटै हल हुने बताउँनु भएको थियो ।
पार्टी भित्र फेर गुट उपगुट बनाउने गरि नेताका नामका गाउँ आए अब त्यो नेता हुन सक्दैन अगुवा कार्यकर्तालाई निर्देशन दिदै तपाईहरु केन्द्रबाट हैन जिल्ला नेतृत्वबाट चल्न निर्देशन दिनभयो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नरहरीनाथ गाउपालीका सचिब मनशोभा बुढाले कार्यक्रम संञ्चालन गरेकाे हाे । पार्टी कार्यालयकाे उद्घाटन ।विभिन्न पार्टी परित्याग गरि बीस(२०) जना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र मा प्रवेश गरेकाे बुढाले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *