भुच्ची खोला लघुजलबिधुत मर्मत आयोजना पलाँता गाउँपालिका लाइ हस्तान्तर

कमल कुमाल कालिकोट जिल्लाको पलाँता गाउँ पालिका ७ फागोटी स्थित भुच्ची खोला लघुजलबिधुत मर्मत आयोजना पलाँता गाउँ पालिका लाइ हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा होनहार युवा नेता तथा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा, ९ का अध्यक्ष टक्क बहादुर बम (राज कुमार) ७ का अध्यक्ष बर्ज बहादुर बम हुरण्डेक नेपाल क्याप्स कर्णाली कार्यक्रम संयोजक नरेन्द्र बहादुर शाही, हुरण्डेक नेपाल लेखा संयोजक प्रेम बहादुर शाही, क्याप्स कर्णाली इन्जिनियर आकास परियार, सब इन्जिनियर पसल बम, राजेन्द बहादुर शाही, सामाजिक परिचालक आम पूरा कुमारी बम, युवा नेता उमेश बम, प्रत्रकार लगाएत आम समुदायको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष पलाती कान्छाले रिबन काटी उदघाटन गर्दै हुरेण्डेक नेपाल ,बिश्व खाद्य, क्याफ्स कर्णाली तथा क्याफ्स कर्णालीका प्राबिधिक हरु तथा अभिरात्र खटी पलाता उज्यालो गर्न सफल उर्जा संयोजक जनराज बम लाई धन्यबाद दिदै लागत इस्टामेट अनुसार योजना सम्पन्न भएको बताउदै खुसी ब्यक्त गर्नु भयो ।

इन्जिनियर परियारका अनुसार ७३ लाख ५७ हजार ३ सय बीस रुपैया लागत स्टामेट अनुसार निर्माण कार्य सम्पन्न भएको जसमा फोरवे ट्याङ्की, ढलान कुलो, सुक्का गारो, पेनस्टोक पाइप, ग्याबिन जाली, इन्टेक च्याम्मर, सियर बाल, एन्कोर बलको निर्माण कार्य सम्पन्न भएको पलाता खबर लाई जानकारी दिनु भयो । उक्त सार्बजनिक लेखा परिक्षण कार्यक्रम गर्दै वहाले पलाता सरकार तथा समुदाय प्रती जवाफ्देहिता सुनिस्चित गर्नु भयो।आयोजना ९ महिना भित्र सम्पन्न भएको छ । योजनाका काम दारले कुल २६ लाख १५ हजार ६ सय १५ रुपैयाको आम्दानी गरि रकम बैक मार्फत पाप्त गरेको आयोजनाका अध्यक्ष लंक बहादुर शाहिले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *