फेरि बन्दै घाटचाैरमा अध्यक्ष बम द्वारा सिलान्यास

नमराज न्याैपाने कालिकाेट जिल्लाको पलाता गाउँ पालिका ९ स्थित कर्णाली नदिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले फेरि सिलान्यास गर्नु भयो । उक्त कार्यक्रममा ९ का वडा अध्यक्ष टक्क बहादुर बम (राज कुमार) ३ का अध्यक्ष कर्ण रोकाया, नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, बिकास निर्माण दल संयोजक कल बहादुर बम उमेश, प्राबिधिक शाखा प्रमुख पदम शाही, उर्जा संयोजक जनराज बम, पत्रकार लगाएत आम समुदायको उपस्थितिमा काम सुरु गरिएको छ ।

उक्त फेरिले पलाता गाउँ पालिका तथा आसपासका क्षेत्रमा सयोग हुने भएको र पलाता बासिको दु : ख लाई मध्य नजर गर्दै भारी बोक्ने पलाता बासिको दिन हटाउने गरि पलाता सरकार लागि परेको अध्यक्ष बमको भनाइ छ । जम्मा लागत ७८ लाख रहेको बताउनु भयो ।
उक्त योजना पलाता निर्माण दल टिम कमान्डर बिरजित रोकायाको टिमले फेरि निर्माणको जिम्मा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *