अध्यक्ष बम द्धारा सामुदायिक बीउ बिजन केन्द्रको सिलान्यास ।

 

नमराज न्यौपाने
कालिकोट जिल्लाको पलाता गाउँ पालिका स्थित दुर्शिमा दुर्सी सामुदायिक बीउ बिजन केन्द्रको भवन सिलान्यास गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले सिलान्यास गर्नु गर्नु भयो ।

उक्त कार्यक्रममा ९ का अध्यक्ष टक्क बहादुर बम ९राज कुमार० ७ का अध्यक्ष बर्ज बहादुर बम हुरण्डेक नेपाल क्याप्स कर्णाली कार्यक्रम संयोजक नरेन्द्र बहादुर शाही, हुरण्डेक नेपाल लेखा संयोजक प्रेम बहादुर शाही, क्याप्स कर्णाली इन्जिनियर आकास परियार, सब इन्जिनियर पसल बम, राजेन्द बहादुर शाही, सामाजिक परिचालक आम पूरा कुमारी बम, युवा नेता उमेश बम, प्रत्रकार लगाएत आम समुदायको उपस्थित रहेको थियो ।

इन्जिनियर परियारका अनुसार ९ लाख ९७ हजार १ सय ७५ रुपैयामा एक कोठे भवन र सौचालयको समेत ब्यबस्था गरि लागत स्टामेट तयार भएको र ढेड महिनामा तयार हुने बताउनु भयो ।

कार्यक्रम संयोजक शाहिका अनुसार काम दारका लागि जोखिम मध्य नजर गर्दै प्राथमिक स्वास्थ उपचार तथा बिमाको ब्यबस्था गरिएको र प्रतेक काम दारको ज्याला बैंक खाता मार्फत भुक्तानी गरिने बताउनु भयो ।

उक्त भवनले रैथाने बाली संरक्षण गर्ने गरि चिनु, फापर, कागुनु, कोदो, जौ, धान, मकै, गौ, गहत, सिमि लगाएतका बीउ बिजन तयारीका लागि पलाता सरकार लागि परेको ७ का अध्यक्ष बर्ज बहादुर बमले पलाता खबर लाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *