बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका पिडितलाई राहत बितरण ।

कमल कुमाल बाजुरा

बाजुरा,जिल्लाको बुढिगंगा नगरपालिका १ अम्कोटका बाढी पहिरो पिडितलाई राहत बितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास कैलालीको सहयोगमा र बुढिगंगा नगरपालिकाको समन्वयमा साँफ मार्तडि सडक खण्डका पहिरो पिडितलाई राहत बितरण गरिएको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन् ।।

नगरपालिका नगर प्रमुख भन्नुभयो, विपत जोखिम न्यूनिकरण र पूर्व तयारी, सुरक्षित समुदाय निर्माण गर्ने हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथअम्कोट गाँउका १ सय ६ परिवार र अन्य गरि जम्मा १ सय २० परिवारलाइ चामल दाल लगायत खाद्य सामाग्री सहयोग गरेको मानवीय सेवामा अनेकौं प्रयासका भक्त राज जोशीले बताएका छन् । सडक खण्ड सँगै अम्कोट बासिको जग्गा पहिरोले बगाएपछि थोरै भएपनि केही महिनाका लागि भएपनि राहत होस भनेर सहयोग गरेको जोशीले बताएका छन् ।

राहत बितरण कार्यक्रममा प्रदेश सांसद भरत बहादुर खड्का, बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह, उपप्रमुख तारा खाति, साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी लगायतकाको सहभागिता रहेको थियो । मानवीय सेवामा अनेकौं प्रयासले बाजुरामा राहत लगायत अन्य सहयोगका काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!