खाडाचक्र नगरपालिका वडा न ११को बबेडि,जिम्जेडि र बरातु सुरक्षित खानेपानी युक्त वडा घोषणा ।

जिल्लाको खाडाचक्र नगरपालिका वडा न ११ बरातु सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा खाडाचक्र नगरपालिका वडा न ११ मा गरिएको छ । फनबोर्ड,स्थानीय सरकार तथा खाडाचक्र नगरपालिकाको सहयोग र जिल्ला खानेपानि कार्यालयको सहयोग साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो ।

बरातु खानेपानि आयोजना बबेडि खानेपानि आयोजाना र जिम्जेडि खानेपानि आयोजना सम्पन्न पश्चात १०८ घरदुरीमा सुरक्षित खानेपानीका धारा तथा मिटर सहितका धारा जडानपछी कर्णाली प्रदेशकै तोस्रो वडा घोषणा गरिएको छ । खाडाचक्र नगरपालिका वडा नं ११ का वडा अध्यक्ष पुष्पराज गिरि को अध्यक्षता,खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेको प्रमुख आथित्यता तथा खाँडाचक्र नगरपालिका उप प्रमुख बिजया बिष्टको विशेष आथित्यतामा कार्यक्रम भएको हो । खाँडाचक्र नगरपालिका वडा नं ११ का घरपरिवार पानीको पहुँचमा पुगेका छन् ।


खाडाचक्र नगरपालिका वडाफन११ बेबडि,जिम्जेडि र बरातु सुरक्षित खानेपानी युक्त वडा घोषणामा कुल १३ लाखा लागतमा खानेपानीका धारा जडान गरिएका छन् ।
खानेपानीको उपलब्धता पछी वडा नं ११ का नागरिकहरुलाई सहजता भएको छ । खाडाचक्र नगरपालिका सुरक्षित खानेपानी युक्त वडा घोषणा कार्यक्रममा बोल्दै सम्पुर्ण अतिथिहरुले पहिलेको तुलनामा अहिले नागरिकहरुलाई सहज भएको बताएका छन् । वडाभित्र रहेका धाराहरुलाई दिगोटिकाउका लागि सबैले सहयोग र पहलकदमि थाल्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *