अनलाईन न्यूज खबरका जिल्ला ब्यूरो प्रमुख बुढा स्वास्थ्यकर्मी संग घुस माग्दै

कालिकोट । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अहेब नन्दबहादुर मल्लले दुइ महिना अगाडि फार्मेसीमा टिकटक बनाएका थिए। टिकटकमा भिडियो पोष्ट भइसकेपछि पत्रकार रमेश बहादुर बुढाले उक्त भिडियो मोवाइलमा सुरक्षीत राखे। दुई महिना अगाडि पोष्ट भएको भिडियोलाई घुसको आधार मानि पत्रकार रमेश बहादुर बुढाले अहेब नन्दबहादुर मल्लसँग एक लाख ५० हजारको बार्गेनिङ गरेको अहेब मल्लले बताए।

मल्लसँग भएको अडियोलाई सुन्दा पत्रकार बुढाले ‘अरुलाई भए एक लाख ५० हजार भन्थेँ, तर तपाइँलाई चिनेको आधारमा १० हजार भए पुग्छ’, भन्दै बारम्बार फोन गरेर पैसा चाहियो भनेका छन्। बारम्बार फोन गरेर आफूलाई सताउँदा स्वास्थ्यकर्मी मल्ल दुखित भएको बताए।

‘१० हजार घुस मागेको अडियो राखेको छु, मलाइ बारम्बार सताएको छ’, भनेर पत्रकारहरुलाई खबर गर्दा जिल्लास्थित ४ जना पत्रकार तत्कालै जिल्ला अस्पताल गएर स्वास्थकर्मीसँग भएको अडियो सुन्दा साच्चिकै घुस मागेको नगद भए नगद नत्र चेक पठाइदिन भनेका छन्।

अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले यसरी घुस माग्ने पत्रकारलाई तत्कालै पत्रकार महासंघले कारवाही गरेर कुनै पनि पत्रपत्रिकामा काम नगर्ने वातावरण गर्नुपर्ने बताएका छन्। पत्रकार बुढाले जिल्लास्थित ‘अन्य पत्रकारहरुले घुस लिएको आफूसँग प्रमाण छ’ भन्दै अहेब मल्लसँग बार्गेनिङ गरेका छन्।

अडियो रेडर्क १३ मिनेट ५७ सेकेन्ड र अक्रो १७ मिनेट ३५ सेकेन्डको अडियो छ । अडियोमा नानाथरी शब्दहरु बोली टिकटक फार्मेसीमा किन बनाको भन्दै बार्गेनिङ गरेका छन्। अनलाईन न्युज खवर डटकमका जिल्ला ब्युरो प्रमुखसमेत रहेका पत्रकार रमेश बहादुर बुढालाई अनलाईनको ब्युरो प्रमुखको जिम्मेवारीबाट पछाडि पार्ने प्रबन्धक निर्देशक विश्वनाथ सिम्खाडाले बताएका छन्।

सिम्खाडाका अनुसार सत्यतथ्यको खोजी गरी ब्युरो प्रमुखलाई कारवाहीको दायरामा ल्याउने बताएका छन्। यता स्वास्थ्यकर्मी नन्दबहादुर मल्लले भने यसरी घुस माग्ने पत्रकार होस या कर्मचारी सबैलाई यसरी नै तह लाउनु पर्छ भन्ने धारणा राखेका छन्। यो समचार सौर्य अनलाईन डटकमका लागि हस्त चौलागाईले लेख्नु भएको छ।

यिनै हुन स्वास्थ्यकर्मी संग घुस माग्ने पत्रकार बुढा

Leave a Reply

Your email address will not be published. Required fields are marked *