प्रेस संगठन नेपालको त्याग र तपस्या माथि आघात पुग्ने गरी दिइएको जिम्मेवारी अश्वीकार गर्दै राजीनामा पेस

मान बहादुर बिश्वकर्मा

कालिकोट । हालै प्रचण्ड माधव  नेपालले नेतित्व गरिरहेको नेकपा प्रति आस्था राख्ने प्रेस कर्मीहरुको संगठन प्रेस संगठन नेपालको पार्टी बिभाजन पछी संगठनको एकिरण प्रक्रिया  थालनी भएको  छ। एकता प्रक्रियामा जिम्मेवारी फाडफाडमा  असहमती जनाउदै पार्टी जिल्ला कमिटि सदस्य समेत रहेका  रेडियो प्रदेश आवाज कालीकोटका अध्यक्ष रत्न कार्की सहीत  नौ जनाले सयुक्त  राजीनामा दिएका छन्।

पुर्व नेकपा माओबादी केन्द्रको पे्रस सेन्टर नेपालमा लामो समय जिम्मेवारी समालेकालाइ पन्छाएर  मनपरी संगठनको जिम्मेवारी बाडफाड गरेको भन्दै  सामुहीक राजीनामा दिएको बताएका छन   संगठनको जिम्मवारीबाट  जिल्ला केन्द्र र प्रदेशमा नयाँ जिम्मेवारी ठोस गरिएको  बिभिन्न सामाजीक संन्जाल मार्फत थाहाँ हुन आएको  भन्दै  नौ जनाले सयुक्त हस्ताक्षर गरेर राजीनामा दिएका छन्।

प्रेस संगठन कर्णाली प्रदेशले  कालीकोट जिल्लामा   संगठनको जिम्मेवारी बाडफाड  गर्दा जिल्ला पार्टी नेतित्व र संगठनका जिम्मेवार नेताहरु संग छलफल नगरेको भन्दै सामुहीक राजीनामा पेस गरेको साबि प्रेस सेन्टर  कालीकोटका अध्यक्ष अर्जुन भटराइले जानकारी दिनु भयो। निर्णय प्रति गंम्भिर असहमती  जाहेर गर्दै निर्णय नमान्ने बताएका छन्।

संगठनको जिम्मेवारी बाडफाडका क्रममा बिगत देखि जिल्लामा   कार्यक्षेत्र लिएर  बिभिन्न संञ्चार माध्यम संन्चालन गरि रहेका  पत्रकारहरुको भावना बिपरीत जिल्लामा कहीले पनी नबस्ने र  प्रदेश र केन्द्रमा कार्यक्षेत्र भएकाहरुलाइ  मनपरी  जिम्मेवारी बाडफाड गर्ने शैलिले संगठनको सोपानक्रम ,अनुसासन र त्याग तपश्या ,बलीदान र लगानी माथि  आघात पुग्ने गरी  दिइएको जिम्मेवारी अश्वीकार गर्दै राजीनामा पेस गर्द छौ भनिएको छ।

प्रेस संगठन नेपाल कर्णाली प्रदेश कमीटीको यही मिती २०७७ साल फागुन १५ र १६ गते बसेको बैठकले गरेको निर्णय माथी आफ्नो चित्त नबुझेको  बताइएको छ। हामी  संगठनको जिम्मेवारी फेरबदल नभए सम्म दिइएको जिम्मेवारी अस्वीकार गर्दछौ  बिज्ञप्तीमा भनिएको छ।

ब्यक्ति संगठनको मातहतमा तल्लो संगठन माथिल्ले संगठनको माहततमा र सबै संगठन महाधिबेसनको मातहतमा रहनु पर्नेमा  जिल्लामा रहेका जिम्मेवार पदाधीकारीहरु संग छलफलनै नगरी  सम्बन्धीत जिल्ला पार्टी र नेतित्वसंग समेत छलफल  नगरी  गैरजिम्मेवारी पुर्ण तरीकाले सांगठानीक मापदण्ड बिनै यो संगठनको फर्मेशन सामाजीक संन्जालमार्फत जानकारीमा आएको हुनाले राजीनामा पेस गरेको उनिहरुले बताएका छन्।

संगठनका सदस्य तथा संञ्चार माध्यममा कार्यरत पत्रकारहरुले उक्त निर्णयमा पुनर बिचार नगरीए सम्म पार्टी ,बिचार आस्था प्रति जिम्मेवार रही  आगामी दिनमा  पनि पार्टी  संगठनको जिम्मेवारीमा भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रेस संगठनको  एकता प्रक्रियामा सामेल हुन नसकिने  भन्दै सामुहीक राजीनामा प्रेस संगठन  केन्द्रीय कार्यालय र प्रदेश कार्यालयलाइ बोदार्थ दिएका छन्।

राजीनामा दिनेमा यस अघि  प्रेस संगठन प्रदेश सदस्य  रहेका  रेडियो प्रदेश आवाज कालीकोटका अध्यक्ष तथा पार्टी जिल्ला कमिटि सदस्य रहेका रत्न कार्की   एकता पछी प्रेस संगठनको  सह संयोजक  रहेका साबिक प्रेस सेन्टरका  अध्यक्ष अर्जुन भटराइ  प्रेस संगठन जिल्ला सचिवालय सदस्य तथा   रारा कर्णाली  मल्टी मिडिया प्रा.ली अध्यक्ष  समेत रहेका कर्ण कुमाल,प्रेरणा बिश्वकर्मा, प्रेस संगठन कालीकोट सचविालय सदस्य तथा  रेडियो प्रदेश आवाजका कार्यक्रम संन्चालक तथा समाचार बाचिका प्रेरणा बिक रहेका छन त्यस्तै प्रेस सेन्टरका सदस्य  मिना कार्की,कमल कुमाल ,अम्मल कार्की  महेश फर्साल , प्रतिभा ऐडी रहेका छन्।

उनीहरु मध्य हाल  नया जिम्मेवारी पाएका सह संयोजक प्रेरण बिस्व कर्मा र  सचिव कर्ण कुमालले पनि जिम्मेवारी अस्वीकार गरेर राजीनामा दिएका छन्। प्रदेस सदस्य रहेका त्रिरत्ना मिडियाका अध्यक्ष पूर्व कालीकोट प्रेस सेन्टरका अध्यक्ष असोक सिंह ले पनि  जिम्मेवारी अस्वीकार गरेका छन्।

यो हेर्नूहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *