तत्कालिन सह संयोजक भट्टराई सहित ९ जनाको सामुहिक राजिनाम

मान बहादुर बिश्वकर्मा

कालिकोट । नेकपा माधव प्रचण्ड पक्षिय प्रेस संगठन कालिकोटको विवाद चर्किएको छ । प्रेस संगठन कर्णाली प्रदेशको बैठकले कर्णालीका १० वटै जिल्लाका संगठन समितिको पूर्णता दिएपनि कालिकोटमा भने तत्कालिन सह संयोजक भट्टराई सहित ९ जनाले सामुहिक राजिनामाको माग गरेका छन्।

सोहि सिलसिलामा कालिकोटमा भने संयोजकमा खडानन्द अधिकारी चयन गरेको छ भने सह संयोजकमा बिरेन्द्र आचार्य र प्रेणा बिश्वकर्मा लाई चयन गरेको हो । त्यसै गरि सचिवमा कर्ण कुमाललाई चयन गरेतापनि पत्रकार कर्ण कुमाल सहित तत्कालिन सह संयोजक अर्जुन भट्टराई लगायत ९ जनाले सामुहिक राजिनामाको माग सहित प्रेस संगठन नेपाल बाट राजिनामा दिइ संगठनमा नबस्ने बताएका छन्।

प्रेस संगठन कालिकोटको सचिवमा चयन भएका पत्रकार कुमालले आफुले उक्त पदबाट राजिनामा दिएको सामाजिक संञ्जाल मार्फत बताए छन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर कालिकोटको सचिव पदको जिम्मेवारीमा रहेको भएपनि अहिले संगठनमा आबद्ध भएको समयलाई अपहेलना गरेकोमा आपत्ति जनाउदै सचिव पदमा नबस्ने बताएका हुन्।

अहिले पत्रकार कर्ण कुमाल लाई सामाजिक संञ्जालमा बधाई दिनेको ओईरो लागेको समयमा एक्कासि आफ्नो फेसबुक मार्फत राजिनामा दिएको बताएका छन्।

संगठनमा आफुले पदको लागि दाबि नगरेको तर आफुलाई अपहेलना गरेको समेत बताएका छन्। संगठनमा के कुरा नमिलेर राजिनामा दिएका हुन् त त्यो कुरा अझै बुझ्न सकिएको छैन्।

यस अघि प्रेस संगठन कालिकोटको संयोजकमा भरतराज बिष्ट र सह संयोजकमा अर्जुन प्रसाद भट्टराई रहनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *