महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, शुद्ध पानी पिउने बानीको विकास गरी पोषण अवस्थामा पनि सुधार ल्याउन उपाध्यक्ष बुढा

जिल्लाको नरहरिनाथ गाउपालिकाले सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु भएको छ । सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष  कार्यक्रम अन्तर्गत नरहरिनाथ  गाउपालिमा ६२५ जना महिलालाई फिल्टर वितरण गरिएको छ । नरहरिनाथ गाउपालिका अध्यक्ष  धिरबहादुर बिष्टकाे अध्यक्षता गाउपालिका उपाध्यक्ष मनशाेभा  बुढाकाे प्रमूख आतिथ्यतामा आयोजित एक कार्यक्रममा सुनौला हजार दिनका महिलाहरुलाई फिल्टर  बितरण गरिएको हो ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष मनशाेभा बुढाले सुनौला हजार दिनका महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सुद्ध पानी पिउने बानीको विकास गरी पोषण अवस्थामा पनि सुधार ल्याउन सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष  कार्यक्रम ल्याईएको बताउनुभयो । उहाँले यो बार्यक्रमलाई बर्षेनी निरन्तरता दिने बताउनुभयो ।                                                                                          कार्यक्रममा गाउपालिका अध्यक्ष धिरबहादुर बिष्टले गाउपालिकाले सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष  कार्यक्रम जिल्लामै नमुना भएको बताउनुभयो । उहाँले गाउपालिकाले अहिले बालबालिकाको क्षेत्रमा गरेको लगानी भोलीका लागि उपलब्धीमुलक हुने बताउनुभयो सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम लक्षित बर्गको हितमा रहेको बताउनुभयो । उहाँले हरेक स्थानिय तहले जनताको आवश्यकताका आधारमा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
नरहरिनाथ गाउपालिका नि:प्रमुख प्रशासकिय अधिकृत दुर्गलाल न्याैपाने सुनौला हजार दिनका आमाहरुलाई प्रदान गरिएको फिल्टरको नियमित प्रयोग गरी सदुपयोग गर्न आग्रह गर्नुभयो । गाउपालिका बिभिन्न बिषयगत शाखाका प्रमूख एवं प्रतिनिधि, स्थानिय नागरिक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *