१ सय ५५ जना शहिद परिवारजनलाई सम्मान नरहरिनाथ गाउँपालिकामा

जिल्लाको नरहरिनाथ गाउँपालिकाले १ सय ५५ जना शहिद परिवारजनलाई सम्मान गरेको छ ।

शनिबार एक औपचारिक कार्यक्रमका बिच नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सदस्य बिष्णु बिक लगायतका राजनीतिक दलहरु र गाउँपालिका भित्रका जनयुद्ध तथा जनआन्दोलन लगायतका राज्य तथा बिद्रोही पक्षबाट हत्या गरिएका शहिदहरुको सम्मान स्वरुप उनिहरुका परिवारहरुलाई प्रति व्यक्ति एक एक कम्मल (ब्लांकेट) बितरण गरिएको छ ।

मुलुक निर्माणका लागि आफ्नो अमूल्य जीवनलाई आहुती दिने ति महान शहिदहरुको रगतले संघीयता र गणतन्त्र स्थापना गरेको स्मरण गर्नुहुदै गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले शहिदहरुलाई कहिल्यै पनि भुल्न नसकिने बताउनुभयो ।

२०५१ साल फाल्गुन १ गतेको जनयुद्धको सुभारम्भ भएको दिनलाई स्मरण गर्दै उपाध्यक्ष मनशोभा बुढाले हरेक बर्ष गाउँपालिकाले शहिदहरुका लागि र उनिहरुका घरपरिवारजनहरुलाई राहत तथा सान्तवना स्वरुप विभिन्न सहयोग कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीेले संसद बिगठन गरि संविधानको हत्या गरेकाले असंवैधानिक कु का बिरुद्ध  र संसद पुनस्थापना नभए एकपटक फेरी नेपाली जनताले तेस्रो जनआन्दोलन मार्फत मुलुकलाई राजनैतिक दिशा निर्देश गरेर लैजान र मुलुकमा अहिले केपी ओलीको तानाशाह प्रवृतिले नेपाली जनताले दुख पाउनु परेको समेत बताउदै मुलुक समृद्धिको यात्रा तर्फ लम्काउनका लागि जनताले अन्तिम लडाई लड्न आवश्यक रहेको बताउनुभयो ।

शहिद रत्न बुढाकी धर्मपत्नी सत्य बुढाले >सहिदलाई यसरी सम्झिने र घरपरिवारजनलाई राहत सामग्री स्वरुप वितरण गर्दा शहिदहरुले लडेर ल्याएको गणतन्त्र पाएकोमा  खुसीका अनुभुतिहरु सुनाउदै गाउँमै सरकार पाएको र मुलुकमा आवश्यक परेमा अझै शहिद हुन तयार हुनुपर्नेमा जोड दिदै आगामी दिनमा यस्तै कार्यक्रमहरु मार्फत शहिदले देखाएको सत्मार्गमा सबैले हिड्न जरुरी रहेको बताउनुभयो ।

नरहरिनाथ गाउँपालिकाले फागुन १ गते अर्थात जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात शहिदका सम्झनामा उनका परिवारहरुका लागि हरेक बर्ष सम्मान कार्यक्रम गर्दै आएको छ ।

त्यस्तै नरहरिनाथ (नेकपा) गाउँ कमिटिले पनि २६ औ महान जनयुद्ध दिवस  नरहरिनाथ गाउँपालिकामा एक भब्य समारोहका बिच कार्यक्रम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *