प्रत्येक सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय ।

कालिकोट कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक÷एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको असर सञ्चार क्षेत्रमा परेकाले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् भने वर्ष पत्रकारिता पुरुषकारबाट ललित बुढा र मधुवन बिसी सम्मानित भएका छन् ।यस्तै  पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरुषकारबाट गीता थापा सम्मानित भएका छन् । कोरोना कहरका कारण महासंघले दुई वर्षको पुरस्कार र सम्मान एकै पटक वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *