शुभकालिकामा नेकपा प्रचण्ड–माधव पक्षको बिरोध सभा सम्पन्न .

कालिकोट । असंवैधानिक कदम खारेज गर, प्रतिनिधि सभा पुन स्थापना गर भन्दै शुभकालिका गाउँपालिकामा असंवैधानिक अलोकतान्त्रिक प्रतिगमनकारी कदम विरुद्धको अभियान सफल पार्न भब्य बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा शुभकालिका अध्यक्ष खडानन्द चौलागाँईको अध्यक्षता , कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीको विशेष आथित्यतामामा कार्यक्रम भएको छ ।
शुभकालिका गाउँपालिकाको मुग्राहा बजार क्षेत्रमा नारा बाजी गदै बृहत प्रर्दशन गरिएको छ । नेपाल प्रचण्ड ९माधव जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक ‘कु’ खारेज गर, केपीका पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ, विदेशी हस्तक्षेप बन्द गर, देश विगार्ने केपी विद्या,संविधानलाई नसिध्या जस्ता नारा लगाउदै बजारमा र्याली गरेका छन् ।


शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा नेकपा कि युवा नेता पम्फा कुमारी शाहीले केपि शर्मा ओली र राष्ट्रपति बिद्या देवि भण्डारीका कारण देश भताभङग भएको बताउदै अबका दिनमा प्रचण्ड–माधव पक्ष बलियो बनाएर देश र संविधानको रक्षा गर्ने भन्ने बिषय पहिलो प्राथमिकतामा रहेको बताईन् । उनले भनिन्, ‘सारा नेपालीका सपना केपि शर्मा ओली र बिद्यादेवि भण्डारीका कारण टुटेको बताउदै सबै नागरिकका सपना फिर्ता ल्याउनलाई प्रचण्ड–माधव समूह नै पहिलो प्राथमिकतामा राखि पार्टी सदृढीकरण गर्नु पर्ने बताईन । नेकपा शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले प्रचण्ड सुर्धिएर सहि बाटोमा आईसकेको बताउदै केपि शर्मा ओलीले सुधारिनु पर्ने बेला आएको बताए ।अनेरास्ववियूका केन्द्रीय सदस्य भिमप्रसाद आचार्यले देशमा लामोसमय देखि राजनीतिक परिवर्तनका लडाईसँगै देश बिकासमा आएको नेपाल कम्युनिस्ट पार्टी जनताकै माझमा रहने बताउदै एक आपसमा टुटफुट हुनु भन्दा देश बनाउने नेतालाई चुन्नु पर्ने बताए । उनले भने, ‘केपि शर्मा ओलीले निमोठेको संबिधानलाई बचाउने बेला आएकाले सबैले बस्ति–बस्ति बाट जाग्नुपर्ने बताएका छन ।

नेकपाका युवा नेता चित्रसिंह गाउँलेले असंवैधानिक कदम खारेज हुनुपर्ने बताउदै माधन–प्रचण्ड पक्षले नै अब नेपालको विकास निर्माण देखि लिएर पार्टी एकिकरणको नयाँ अभियान अवश्य सफल पार्ने दाबि गरेका छन् । उनले भने प्रधानमन्त्री ओली र राष्ट्रपती भण्डारीले देशलाई उदोगतीतिर लिएको बताउदै अब प्रचण्ड–माधव पक्षको नेकपा जनताको दुःख बुझ्दै नागरिक अधिकार प्रत्याभूत गर्ने र राष्ट्र निर्माणमा अब नेकपा मात्र एक ज्युदो पार्टी रहेको बताएका छन् ।

नेकपाका नेता किस्नप्रसाद आचार्यले देशभर आफ्नो शक्ति प्रर्दशन गरी आगामी आउने चुनावमा केपि शर्मा ओलीको सिट थोरै मात्रामा आउने र नेकपालाई बचाई राख्न प्रचण्ड–माधव समुह कहिलै नफुट्ने गरी जनताको मनमा बस्ने बताएका छन् । उनले बालुवाटावरलाई सच्चिन समेत आग्रह गरे । अब सबै नेकपाका नेता एक ठाउँमा आईसकेकाले पार्टीको सुधार र नागरिकको अधिकार बारे प्रचण्ड–माधव समूह बलियो हुनुपर्ने बताएका हुन ।नेपाल कम्युनिस्ट पार्टी कालिकोटका अध्यक्ष धनजित शाहीले केपि ओलीको आलोचना गर्दै ओलीले पार्टीलाई भर्याङमात्र बनाएको टिप्पणी गरे । ओलीले गरेको पार्टीमा तानाशाहकै कारण सडकमा आउन बाध्य भएको भन्दै उनले ओलीले लोकतन्त्रमाथि नै प्रहार गरेको बताए ।

कार्यक्रममा उपस्थित सहभागी अथितिले संवैधानिक अलोकतान्त्रिक प्रतिगमनकारी कदमले सिंगो मुलुकले नसोचेको र कल्पना समेत नगरेको बाटो तिर लिएको बताउदै प्रचण्ड–माधव पक्षले नै अब सिंगो मुलुकको विकास र राजनैतिक अवस्था सुधार्दै लानु पर्ने बताए ।नेकपा शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले प्रचण्ड सुर्धिएर सहि बाटोमा आईसकेको बताउदै केपि शर्मा ओलीले सुधारिनु पर्ने बेला आएको बताए । अब सबै नेकपाका नेता एक ठाउँमा आईसकेकाले पार्टीको सुधार र नागरिकको अधिकार बारे प्रचण्ड–माधव समूह बलियो हुनुपर्ने बताएका हुन ।

                                                                                                                                                  सुर्यन्यूज बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *