अध्यक्ष बमले गरे पार्टी इन्चार्जको जिम्मेवारी अस्विकार

कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आफुलाई पार्टीले दिएको जिम्मेवारी नलिने बताउनु भएको छ । नेकपा कालिकोटको जिल्ला कमिटी सदस्य समेत रहेका यूवा नेता बमले आफुलाई पार्टीले दिएको वडा कमिटी इन्चार्जको जिम्मेवारी प्रति असन्तुस्ट रहेको आफ्नो फेसबुक मार्फत जानकारी दिनु भएको हो ।

नेकपा माधव–प्रचण्ड समूहको जिल्ला भेलाले आन्तरीक पार्टीको जिल्ला कमिटी देखी स्थानिय तह हुँदै वडा सम्मको जिम्मेवारी वाडफाँड गरेको आन्तरीक निर्णय पछी फेसबुक मार्फत अध्यक्ष बमले आफुलाई पार्टीले दिएको जिम्मेवारी चित्त नबुझेको बताउनु भएको हो ।

उहाँले आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा  कालिकोटले दिएको वडा ईन्चार्जको जिम्मेवारी म बेस्त भएको हुदा असमर्थन छु तर सिद्धान्त बाट बिचलित कहिल्यै नहुने लेख्नु भएको छ आफु सरकारको काममा विवि भएको र पाटिको दिएको जिम्मेवारी पुरा गर्न नसक्ने लेखेका छन।। पाटिको जिम्मेवारी लिन नसेक पनी पाटिको सिदान्त बाट बिचलित कहिलै नहुँने लेखेका छन ।जिल्लाकै भौगोलिक हिसावले, दुर्गम मानिएको गाउँपालिकामा विकासको पहाड फोर्दै सहासि कामहरुले चर्चामा रहेका छन ।गाउँपालिका भित्रका नेकपाका नेताहरु बिचको दन्द्धले केही समय पार्टीमा निस्काशित रहनु भएका अध्यक्ष पछी बिवाद मिलेपछी पार्टीमा पुर्नस्थापना भई पार्टीको काममा निकै सक्रियता हुँदै आईराख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *