मुख्यमन्त्रीले गरे कारागारको अनुगमन संगै फलफुल वितरण ।

कालिकोट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोट कारागारका निरीक्षण गरेका छन ।नेकपा कालिकोटको बैठकमा सहभागी हुन आएका मुख्यमन्त्री शाहिले शनिबार विहान फलफुल शहित कारागार मा रहेका कैदीबन्दीको आवस्था बुझ्न र जिर्ण बनेको भवनको निरीक्षण गर्न कारागार पुगेका हुन । र संसदीय दलका सचेतक कुर्मराज शाहीले शनिबार जिल्ला कारागारको भौतिक अबस्था बुझ्नु भएको छ।उहाँले गृह जिल्ला आएको बेला सधै जनाको गुनासो सुन्नेर बिकास निर्माणका काम हरुमा निरन्तर गर्नका लागि पर्ने भएकाले पनि जिल्ला कारागारमा रहेका कैदि बन्दिका समस्या बुझ्न कारागारर पुग्न भएको थियो ।मुख्यमन्त्री शाही र सचेतक शाहीले फलफूल लिएर भेटघाट गर्न गएका हुन्। भेटघाट गर्नक्रममा कैदिहरु ले केही माग राखेका छन्।

खानेपानी ,भौतिक संरचना ,खेलमैदान ,लघु उद्योग ,कृषि योग्य जमिन,गाडि र अत्ति आवश्यक एक जना स्वास्थ्यकर्मी को लागि यस कार्यालय मा नै राख्नुपर्ने माग राखेका थिए। हामीले बजार बाट मासिक ३० हजार को तरकारी ल्याएर खाने गरेका छौं। कालिकोट जिल्ला कारागारमा दिनप्रतिदिन कैदि बन्दी बढ्दै गएका छन् भने बस्ने ठाउँको अभाव भएको जिल्ला प्रमुख अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।सबैको जवाफ दिदै मुख्यमन्त्री शाहीले अबको केही दिन भित्र भौतिक संरचना मध्य केहि समस्या समधान हुने र खानेपानी को लागि आज नै यसको बारे काम गर्न निर्देशन दिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *