कालिकोटमा हिमपात कृषकहरु खुशी

कमल कुमाल कालिकोट

कालिकोट जिल्लामा बिहिवार राती देखि हिम पात संङ्गै मध्यम खालको बर्षा सूरु भएको छ । मध्यम खालको हिमपातमा कारण चिसोले यहाँको जनजिवन प्रभावित र कष्टकरमय बनेको छ । सदरमुकाम मान्म बजारमा खास्सै हिमपात नभएपनी बजार भन्दा टाढाका केहि भु–भागमा भने हिमपात भएको हो ।मध्यम खालको बर्षा हुदा अग्ला गाउँ बस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा वर्षात भएपछि जिल्लाभरीका कृषकहरु खुशी भएका छन् ।

लामो समय सम्म बर्षा नहँुदा चिन्तित नागरीकले भने, मंसिर बाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिनामा पानी र हिमपात नभएपछि खेतमा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । यो भन्दा अघिल्लो बर्ष निकै हिमपात र भारी बर्षा भएपनि यस बर्ष भने खास्सै हिमपात नभएता पनि कुनै कुनै ठाउँमा परेको हिउँले नागरिकहरु खुशी भएका छन ।अझै केही समय हिमपात र भारी बर्षा हुन सक्ने सम्भावना रहेको छ ।हिमपातले जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने भएकाले यहाँका किसानहरु खुशी भएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *