भेदभाव बाट पिडीत ब्यक्तिहरुको न्यायका लागी पहुँचको बिषयमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कमल कुमाल

कालिकोट । जातिय भेदभाव बाट पिडीत ब्यक्तिहरुको न्यायमा पहुँचको बिषयमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थरमा जातिय बिभेद समबन्धि कानुनी खाकाको कार्यन्वयनको अबस्था र सुधारका समबन्धमा जिल्ला स्तरीय संवाद कार्यक्रम तथा जिल्ला स्तरीय परीयोजना सल्लाकार समितीको २ दिने बैठक आज सम्पन्न भएको छ ।

हिजो देखि भएको जिल्ला स्तरीय उक्त संवाद कार्यक्रममा जातिय छुवाछुत,महिला हिंसा,र दलितहरु माथि हुने कुसंस्कार र कुप्रथाको अन्त्य गर्नका लागी दुई दिने बैठक आज सम्पन्न गरीएको हो । जातिय भेदभाव बाट पिडीत ब्यक्तिहरुको न्यायमा पहुँचको बिषयमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम ल्ल्म्क्ध्इ कालिकोटको साझेदारीमा उक्त कार्यक्रम गरीएको थियो ।

उक्त कार्यक्रममा प्रमुख जवाफदेही बक्ता जिल्ला समन्वय समिती कालिकोटका उपप्रमुख लक्ष्मि बिष्ट नेपाली,प्रमुख जिल्ला अधिकारी कुष्ण प्रसाद आचार्य,प्रहरी नायव उपरीक्षेक चक्र बहादुर शाह,जिल्ला अदालत बाट गमान सि.ह बिक,नेपाली कांग्रेस कालिकोटका सहसचिव दमन बहादुर शाही,नेपाल पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे र यसै गरी नेपाल बार एसोसिएसन कालिकोटका अध्यक्ष दमन राज बम उक्त कार्यक्रमको प्रमुख जवाफदेही बक्ता रहेका थिए । उक्त कार्यक्रमको सहजिकरण रेडियो मालिकाका एफएमका स्टेशन म्यानेजर पुष्पराज भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *