पलाँता सरकारको निर्णय फागुन १ मा निरा स्मृति कप – कर्णाली मा. बि.मा ।

कमल कुमाल कालिकोट
सधै फागुन १ गते सहिद निराको नाममा खेलाउदै आएको निरा स्मृती कप यो वर्ष पनी खेलाउने निर्णय गरिएको  छ । ।यो बर्षको तेस्रो निरा स्मृति कप कर्णाली मा बि खिनमा मनाउने र सोही दिन बाँकि रहेको वडा न ५ मा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरि सेवा सुरु गर्न उध्घाटन गर्ने निर्णय गरेको छ ।

उक्त कपमा पलाँता भित्र रहेका ७ वटा मा बि को सहभागिता मा महिला र पुरुष भलिबल प्रतिस्पर्धा हुने गाउपालिका स्रोतले जानकारी दिएका छन । सुविधा सम्पन्न खेल मैदान निर्माणको लागि तत्काल काम अघि बढाइने पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले पलाता खबर लाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *