कालिकाेटमा कोरोना भाइरस(कोभिड–१९) विरुद्ध खोप अभियान सुरु

कालिकाेट जिल्लामा आजबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्ध खोप अभियान सुरु गरेकाे । स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी कटक महतलाई खोप लगाएर अभियान सुरु गरेका हुन ।

भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोना खोप यही माघ ८ गते  नेपाल भित्रिएको थियो । सोही खोप आजबाट स्वास्थ्य सेवा कार्यालय कालिकोटमा खोपको औपचारीक रुपमा शुभारम्भ गरिएको छ ।

सरकारले पहिलो चरणमा कोरोना संक्रमणको उच्च जोखिममा रहेकाहरुलाई खोप दिने तयारी गरेको छ । जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, मृतक संक्रमितको शव व्यवस्थापन खटिनेहरूलाई खोप दिन तयारी गरेको छ ।                        जसमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, एम्बुलेन्स चालक, शववहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी लगायतलाई कोरोना खोप लगाउने शुचना अधिकारी कटक महतले बताउनु भयाे ।
जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, नेकपाका जिल्ला अध्यक्ष धनजित शाही, नेपाली काग्रेेेस क्षेत्र नं (ख) का सभापती दमनबहादुर शाही,रास्काेेट  प्रमुख जिल्ला अधिकारी पत्रकार नागरीक समाजको उपस्थितिमा कालिकोटमा एक कार्यक्रमका विच खोपको औपचारीक रुपमा शुभारम्भ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *