गृहमन्त्रीलाई कालिकाेटमा कालाे झन्डा र कालाे बेलुन

गृहमन्त्री राम बहादुर थापा (बादल) कालिकोट नपुग्दै प्रचण्ड–माधव समुहका नेकपाका नेता–कार्यकर्ताले आज दिनभर विरोध जनाइरहेका छन ।

गृहमन्त्री थापा हेलिकप्टर मार्फत कालिकोट नपुग्दै कालो बेलुन र झण्डा देखाइएको थियो । रोडमा केपि पक्षले प्रर्दशन गरिरहेका बेला प्रचण्ड – नेपाल पक्षले भने प्रर्दशनकै अगाडि टायर बालेर विरोध जनाइरहेका हो ।

सोहि क्रममा कार्यक्रम स्थल देखि १०० मिटर टाढा टायर बालेका थिए । ३० मिनेट पछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलिले नियन्त्रण लिएको हो ।

बिहान गृहमन्त्री थापा आएको हेलिकप्टर आकाशमा उडिरहेकै समयमा प्रचण्ड – नेपाल पक्षले कालो झण्डा, कालो बेलुन देखाउन थालि सकेका थिए भने आज दिन भरि विभिन्न किसिका प्रर्दशन समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *