अनेरास्ववियूको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न .

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन अनेरास्ववियूको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम समन्वय समितिको हलमा सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन अनेरास्ववियूका केन्द्रिय सदस्य तथा प्रशिक्षण भेलाका प्रमुख अतिथी अमरसिह शाही र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन अनेरास्ववियू जिल्ला संयोजक मनसिहं शाहीको अध्यक्षता सम्पन्न भएको हो । अनेरास्ववियूका केन्द्रिय सदस्य तथा प्रशिक्षण भेलाका प्रमुख अतिथी अमरसिह शाहीले भेलाको उद्धघाटन गर्दै प्रधानमन्त्री केपि ओलिले असंवैधानिक काम गरेको र संसद विघटन गरेर देशलाई वर्वाद बनाएको आरोप लगाएका थिए ।


भेलामा प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावतले नेकपाको संगठन निभार्णमा टोलदेखी जिल्लासम्म लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा कर्णाली प्रदेश सासंद माननिय कुर्मराज शाहीले, नेकपाका जिल्ला अध्यक्ष धनजित शाही, नेकपाका नेता रमेश शाही, कर्णाली प्रदेश मुख्यमन्त्रिका स्वकीय सचिब खेम बहादुर सिहं ,नेकपाका नेता धर्मराज शाही (पोषण), शुभकालीका गाउपालीका अध्यक्ष खडानन्द्र चौलागाई , अनेरास्ववियूको भिम आर्चाय, तिसना हमाल,लगायतको उपस्थित रहेको थियो भने कार्यक्रम सन्चालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन अनेरास्ववियूको नेता अमित शाहीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *