२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कालिकाेटमा मनाईए

कालिकोट जिल्लामा आज बिभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भुकम्प सुरक्ष दिवस मनाईएको छ । बहुप्रकोपिय बिपदमा भुकम्पीय सुरक्षा,साझा सहकार्यमा जनधनको रक्षा,भन्ने मुल नाराका साथ जिल्ला समन्वय समितीको हलमा कार्यक्रम गरीएको हो ।

हरेक बर्ष माघ २ गते मनाईदौ आईरहेको कार्यक्रम भुकम्प बाट हुने जोखिमलाई न्यूनिकरण गरी जनधनको क्षति रोक्न बिगत २३ बर्षदेखि माघ २ गतेलाई भुकम्प सुरक्षा दिवस का रुपमा मनाउने गरीएको हो । जिल्ला बिपद ब्यवस्थापन समितीको आयोजनामा कार्यक्रम सुरु गरीएको हो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले जिल्लामा भुकम्पले पार्ने असरको बारेमा सबै सचेत भई आफुले बनाउने संरचनाहरु भुकम्प रहित बनाउन समेत अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,पत्रकार,सुरक्षा निकाय लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

‘बहुप्रकोपीय विपद् मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कालिकाेटमा मनाईएकाे छ । सँधैकाे बर्ष माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रम अनुसार जिल्ला बासिहरुलाई भुकुम्पका बिषयमा जानकारी दिने उद्वेश्यले शुक्रबार जिल्ला बिपद ब्यबश्थापन समिति कालिकाेटकाे आयोजनामा २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएकाे हाे ।

जिल्ला बिपद ब्यबश्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारिकाे अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीकाे प्रमुख आतिथ्यतामा बिहान ९:३० मा जिल्ला समन्वय समितिकाे सभाहलमा २३ औँ राष्ट्रिय भूकम्प विद्यमान कोभिड १९ को असहज परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता परिपालना गरी वा अनलाइन प्रविधि मार्फत् कालिकाेट जिल्लामा २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएकाे छ ।

कालिकाेट जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रहरु संचालन गरिएका छन् । भुकम्पीय सुरक्षा सम्वन्धि जिल्लास्तरिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धि डिजिटल प्रदर्शनी,स्थानिय रेडियाेमा कुराकानि, लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् प्रचार प्रसार गरिएकाे खाँडाचक्र नगरपालिका का प्रमुख प्रसाषकिय अधिकृत खडक प्रसाद उपाध्याले बताउनु भयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको र विपद् जोखिम न्यूनीकरणमा सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र गैर सरकारी निकाय तथा स्थानिय एफ.एम रेडियाे तथा अनलाई पत्रपत्रिकाकाे क्षेत्रबाट भएका प्रयत्नहरुको खुलेर प्रसंशा गर्नुभयाे ।

भूकम्पीय जोखिम न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी सुरक्षित संरचना निर्माण गर्न आवश्यक हुने भन्दै खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले सरकारी संयन्त्र, नागरिक समाज, निजी क्षेत्र, समुदाय तथा गैह्र सरकारी संस्थाहरु आदि सबैको सहकार्यले मात्र उक्त लक्ष्य प्राप्त हुन सक्ने हुँदा सबै सरोकारवालाहरुवाट थप योगदान एंव निरन्तर सहभागिताको लागि अपिल गर्नुभयाे ।

कालिकाेट जिल्लामा आउने भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले जिल्ला बिपद ब्यबश्थापन समितिकाे संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएकोले सबै नागरिकले साथ दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि अनिपाल शाहीले बताउनु भयाे ।

कार्यक्रममा राजनितिक दलहरुकाे तर्फबाट नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सदस्य नन्दबहादुर शाही, राप्रपाका जिल्ला अध्यक्ष धनबहादुर बटाला, नेकपाका जिल्लाकमिटि सदस्य एवं. कार्यालय सचिब दानबहादुर शाही, प्रहरी नायब उपरिक चक्रबहादुर शाहा,शसस्त्र प्रहरी बलका गुल्मपति रामबाबु बाेगटि, रणसुर गुल्मका निमित्त गुल्लमपति याेगेश चन्द्र महत लगाएत अन्य पत्रकार नागरिक समाज, सरकारि गैर सरकारि कार्यालयका प्रमुख प्रतिनिधि हरुकाे सहभागिता रहेकाे थियाे ।

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसकाे अबसरमा नेपाल रेडक्रस साेसाईटि कालिकाेटका सभापति बल प्रसाद संज्यालले बजारकाे नरहरिनाथ चाेकमा भुकुम्पका बिषयमा कसरी बच्ने भन्ने बिषयमा डेमाे देखाउदै जानकारि मुलक शन्देस दिनुभएकाे थियाे भने, किर्डाक नेपाल, हुरुण्डेक नेपाल, सादा नेपाल र भिडसेफले प्यलेकार्डकाे ब्यबश्था गरेकाे र खाँडाचक्र नगरपालिकाले ब्यबश्थापनकाे जिम्मा लिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *