बाबुले घरामा लगाएको आगोले २ जना छोरा जलेर मृत्यु नरहरीनाथमा

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुलीमा बाबुले लगाएको आगोले २ जना छोराको जलेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ का भैरे बटालले आफ्नै घरमा लागो लगाएपछि घरमा रहेका नावालक छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । घरायसी झगडाका कारण बाबुले घरमा लागो लगाएर आफुले विष सेवन गरि घाईते भएका छन् ।

आफ्नै घरमा लगाइएको आगोले भैरे बटालाका १२ वर्षीय छोरा गणेश बटाला, ९ बर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको छ भने ४ वर्षीय छोरा खगेन्द्र बटाला घाईते भएको प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले बताए । उनका अनुसार घटनास्थलमा कुमालगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *