जिल्ला साहित्यिक प्रतिष्ठानकाे ओैपचारिक उद्धाटन
कालिकोट । जिल्ला साहित्यिक प्रतिष्ठानको आज एक कार्यक्रमका बिच सम्उद्धघाटन गरीएको छ । साहित्यिक स्रष्टाका लुकेका प्रतिभा लाई उझाकर गर्नको निम्ती र स्रष्टा सम्मानका लागी जिल्लामा पहीलो पटक जिल्ला साहित्यिक प्रतिष्ठान कालिकोटको गठन संगै आज एक कार्यक्रमका बिच उद्धघाटन गरीएको हो ।
कार्यक्रमा बोल्दै देउडा सम्राट तथा कार्यक्रमका प्रमुख अतिथी नेत्र राज शाही मौसमले भन्नु भयो आज कालिकोटमा एउटा साहित्यिक कोपीलाको उद्धघाटन भएको प्रती खुसी प्रकट गर्दै साहित्यिक भनेको हरेक ब्यक्तिसंग हुने कुरा हो तर साहित्यिकमा खुसी र रुची आवश्यक रहेको उहाँले बतानुभयो ।
यस्तै कार्यक्रमा बोल्दै कार्यक्रमका बिषेश अतिथि तथा नेपाल बार एसोसीएसन कालीकोटका अध्यक्ष दमन राज बलले कार्यक्रममा शुभ कामना मनतब्य दिदै यस साहित्यिक प्रतिष्ठानले बुलन्द रहेका आवाज लाई प्रष्ठपुटन गराउनमा मदत पुराउने बताउनुभयो ।
उक्त कार्यक्रमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सुचना अधिकारी कटक महतले फुल्नै लागेका कोपीलाले जिल्लामा एउटा साहित्यिक प्रतिष्ठान जस्तो संस्थाको उद्धघाटन गर्न गोैरवको बिषय रहेको बतानुभयो ।
मान्छे जन्मिए पछी समाज को लागी केही राम्रो काम गर्नै पर्ने सुचना अधिकारी महतले बतानुभयो । यस्तै सोही कार्यक्रमा बोल्दै राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपा नेपालका जिल्ला अध्यक्ष धन बहदुर बटालाले अबको योजना भनेको यूवाहरुको रहेको र यूवाकै हातमा बिकास रहेकाले अहिलेका यूवाहरुले गर्नै काम हरुप्रति साथ र सपोर्ट गर्न तयार रहनु पर्ने बताउनुभयो ।
यस्तै उक्त कार्यक्रमका सभा अध्यक्ष तथा जिल्ला साहित्यिक प्रतिष्ठान कालिकोटका अध्यक्ष रमेश बुढाले जिल्लामा बिभिन्न किसीमका संघसस्था भयता पनि साहित्यिक काम गर्ने कुनै संस्था नरहेकाले अहीलेको यो परिस्थितिमा साहित्यिक बिदामा कलम चलाउने ब्यक्ती हरु भएपनि उनिहरुको संरक्षण र प्रबर्द्धन गर्नका लागी आफुले जिल्लामा संथा दर्ता गरी आज उद्धघाटन गरीएको बताउनुभयो ।कालिकोट । जिल्ला साहित्यिक प्रतिष्ठानको आज एक कार्यक्रमका बिच सम्उद्धघाटन गरीएको छ