पलाता गाउपालिकाकाे भवन सिलान्यस गदै अध्यक्ष बम

कालिकाेट जिल्लाको पलाता गाउँ पालिका २ लोडेमा न्यायपालिकाको भबन आज सिलान्याश गरीएको छ । सिलान्याश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) जिल्ला कमीटी सदस्य तथा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले भवनको सिलान्याश गरेको जिल्ला कमीटी सदस्य दन्त बमले जानकारी दीनुभयो ।                                                                                                                                  नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न पलाँता गाउँपालिकाले उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको र समितिमा गाउँसभाले निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था ल्याएको पलाँता गाउँ पालिका अध्यक्ष बमले बताउनुभयो । न्यायिक समितिको अधिकार क्षेत्र संविधानले नै तोकिदिएको छ । न्यायिक समितिले गर्ने कामका क्षेत्रहरू स्थानीय तहको न्यायिक समिति गर्दै आइरहेको बताउनु भयो ।

उपाध्यक्ष दाना न्यौपानेका अनुसार न्यायिक समितिले मेलमिलापका माध्यमबाट टुङ्गो लगाउनु पर्छ । न्यायिक समितिमा निवेदन वा फिराद पेश भएपछि विपक्षीका नाउँमा म्याद पठाउने, प्रति उत्तर बुझ्ने, प्रमाणको परीक्षण, साक्षी परीक्षण गर्ने, मेलमिलापका लागि दुवै पक्षलाई उत्प्रेरित गर्ने लगायत सबै प्रक्रिया टुङ्ग्याएर मात्र समितिले निर्णय गर्नुपर्छ र निर्णय गर्दा तीनवटै सदस्यको सहमतिमा नभए दुई जनाको निर्णयले फैसला गरिन्छ । फैसलामा समिति संयोजक अनिवार्य हुनुपर्छ ।

यस निर्णयमा चित्त नबुझ्ने पक्षलाई पुनरावेदनका लागि म्याद दिने व्यवस्था गरिएको न्यौपानेले पलाँता खबर लाई बताउनु भयो ।
उक्त कार्यक्रममा पलाँता गाउपालिका उपाध्यक्ष दाना न्यौपाने, पलाँता गाउपालिकाका पार्टि अध्यक्ष बिष्णु बहादुर रोकाया (इन्द्र) पलाता गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर भण्डारी ( बासिन्दा ), वडा न २ का वडा अध्यक्ष बिद्धी कामी (बिरि) लगायत सम्पुर्ण पलाता गाउँ पालिका १ देखि ९ सम्मका जनप्रतिनिधि राजनैतिक दलको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *