असंबैधानिक संसद विघटनको विरूद्ध कालिकोटमा प्रचण्ड – माधव समुहकाे शक्ति प्रर्दशन

असंबैधानिक संसद विघटनको विरूद्धमा कालिकोटमा माधव–प्रचण्ड समुहले शक्ति प्रर्दशन गरेका छन ।
केन्द्रीय पाटीको निर्देशन अनुसार देशका ७७ वटै जिल्लामा प्रधानमन्त्री केपि शर्मा वलीले गरेको संसद विघटनका विरूद्धमा कालिकोटमा पनि गाउँ स्तरबाट नेता कार्यकर्ता बोलाएर शक्ति प्रर्दशन गरेको हो । प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । मान्मको जिरो प्वाईन्टदेखि गरिएको प्रर्दशन प्रतिमाचोक हुँदै, बजार परिक्रमा गरि, जिल्ला समन्वय समितिको प्राङगणमा कोणसभामा परिणत भएको थियो ।                                                                                                                नेकपा कालिकोटका अध्यक्ष धनजित शाहिको सभा अध्यक्षता, नेकपामा केन्द्रीय कमिटीका सदस्य एवं नेकपा कालिकोटका ईन्चार्ज तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्दबहादुर शाहिको प्रमुख आतिथ्यतामा, नेकपाका केन्द्रीय सदस्य रामदिप आचार्यको विशेष आतिथ्यता, नेकपा कर्णाली प्रदेश सचेतक कुर्मराज शाहि, राष्ट्रिय सभा सदस्य तथा नेकपा नेता जीवन वुढा, लगायतको उपस्थितिमा भेलाको आयोजना गरि विरोध गरिएको छ ।
                                                                             भेलालाई सम्बोधन गदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले, जन्ताको जनमतको अपमान गर्ने केपि शर्मा वलिलाई जनताले सडकमा छाडेर जनता आन्दोलनमा आएको बताए । अब केपि शर्मा वलिको असंबैधानिक कदम प्रति नेकपा मात्र होईन, देशका सवै पाटिहरू एक ठाउँमा उभिसकेको स्मरण गराउदै, निरकुंश केपिको साशनका विरूद्व अब माधव नेपाल–प्रचण्ड समुहको नेकपा एक ठाउँमा उभिएर आउदो चुनावमा बहुमत ल्याउनेमा जनताको जन सहभागिताले देखाईसकेको ठोकुवा गरे । कम्यूनिष्ट भएर एकता गरिएको भएपनि कम्यूनिष्ट पहिले पनि नभएको अहिले पनि कम्यूनिष्ट नभएकै कारण केपी शर्मा ओलीले बहुमतको सरकारको अपमान गरे । भेलालाई सम्बोधन गदै मुख्यमन्त्री शाहिले, संसद ब्यूतिन पर्छ, यदि ब्यूतिएन भने, तोकिएको मध्यावधिक चुनावमा माधप र प्रचण्ड समुहले बहुमत ल्याएरै छाड्ने बताए ।

उनले, भने केपि वलिले संसद ब्यूताएर क्षमा मागी आएमा पाटिमा उचित स्थान दिने पनि बताए । भेलालाई सम्बोधन गर्दै, नेता रामदिप आचार्य, सचेतक कुर्मराज शाहि र राष्ट्रिय सभा सदस्य जीवन वुढाले, केपि वलिको निरंकुश शासनले आज कम्युनिस्ट पाटि धरापमा जाने अवस्था आएको बताए । माधप र प्रचण्डले नेकपालाई ठुलो दुर्घटनाबाट जोगाएको जिकीर गरे । वलिको एक तन्त्रिय शासनले जेटविमान दुर्घटना गराउदा असलि कम्यूनिष्टले पाटी पनि बचाए जनतापनि बचाए । बुढाले भने संसद विगठनको विरूद्वमा सर्वोच्चमा परेको रिटको सुनुवाई, केही दिनमा हुँनेछ, जित हाम्रो हुने छ, उनले प्रधानमन्त्रीले देश मात्र होइन बयलगाडा पनि चलाउन नसक्ने ठोकुवा गरे उनले भने अहिले प्रधानमन्त्री अस्वस्थ्य हुनुहुन्छ उहाँले बयलगाडा पनि चलाउन जान्नु हुन्न । भेलामा माधप–प्रचण्ड पक्षधरका स्थानिय तहका जनप्रतिनिधि , जनवर्गिय संगठनका प्रमुखहरूले आफ्नो भनाई राखेका थिए ।
तर, केपि वलि पक्षधर र माधप ,प्रचण्ड समुहले आफु संस्थापन पक्ष भनेर दावि गरिरहेका छन । निर्वाचन आयोगले कुन समुहलाई पुरानो नाम नेकपा र चुनाव चिन्ह सुर्य भित्र हसिया हतौडा प्रदान गर्ने हो, भन्ने विषयमा अत्तो पत्तो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *