ओली अधिनायकवादी अहंकारको विरुद्धको लडाइँ अनेरास्ववियूले लड्छ , भिम आचार्य

घाइते अपांग, बेपत्ता योद्धाहरुको योगदान र महान सहिदहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले चालेको अधिनायकवादी, असंवैधानिक, निरंकुश तानाशाही कदमको सिङ्गो अनेरास्ववियू को तर्फबाट घोर बिरोध तथा भत्सना गर्दछ । यो कार्य जति निन्दा गरे पनि अपुग छ र यस्का बिरुद्ध अनेरास्ववियु मसाल लिएर अोली र राष्ट्रपतिको असंवैधानिक कदमलाई जलाएर फर्किने छ।                                                           देखादेखी बहुमत केन्दिय सदस्य भएको पार्टि आधिकारिक हुने कुरा दल संबंधी कानुनी व्यवस्था हुदाहुदै ओलिका केहि अराजक भरौटे र हनुमान ,गुन्डागर्दी ,तानाशाहको आत्माले चाहादैमा नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) अल्पमतमा परेको केपी अोलि को झुन्ड को हुदैन। तिमिहरु जस्ता अराजकलाई जनताले ठिक साईजमा ल्याउछन हेर्दै गय हुन्छ ।ओलि सरकार नवसंशोधनवादी विचलन र गद्दारी भएको कारण देश संकटमा धकेल्लिएको छ। राष्ट्रघाती, जनघाती, निरंकुश, तानाशाही, अलोकतान्त्रिक, असंवैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गर्ने अधिनायकवादी संघीय गणतन्त्र नेपालको हत्यारा इतिहासकै नालायक पात्र प्रधानमन्त्री केपी ओली र रास्ट्रपति बिद्या देबी भण्डारी हुन् भन्नेमा कुनै संका छैन। लोकतान्त्र को अभ्यास नै बहुमतिय प्रणाली हो । पार्टी र संसदमा सामाना गर्न नसकेर संसद विघटन गर्नु सर्वसत्तावादी चिन्तनको प्रकाष्ट भएको छ। शक्ति को दुरुपयोग गरेर संघीय गणतन्त्र नै धरापमा पर्ने काम अोलि र महामही राष्ट्रपतिले गरेको कुरा छर्लङ्ग छ। यसका विरुद्धमा सिंगो अनेरास्ववियू ले प्रतिकार गर्छ र गर्दै जानेकुरा समेतको जानकारी दिन चाहन्छु ।हामी संघीय गणतन्त्रको रक्षकको लागि निरन्तर आन्दोलनको नेतृत्व गरि रहने छौँ अनेरास्ववियू लाखौंलाख विद्यार्थीहरुको ढुकढुकि मात्र हैन सडकको बाघ हो।जब देशमा यस्तै खालका सर्वसत्तावादी, अधिनायकवाद ,निरंकुशताको जन्म हुन्छ तब अनेरास्ववियू सडकमा जान्छ र अोली र विद्या जस्ता दलाललाई सडकमै ल्याउने छौँ अोली संघीय गणतन्त्रको बिरोधि हुन भन्ने कुरा इतिहासमै दर्ज भएको छ । अोली को संघीय गणतन्त्र का विरुद्धमा बोलेका अनेकौं भिडियो हरु अहिले पनि सुरक्षित छन ।कम्युनिस्टको नेतृत्वमा भएका जनयुद्ध वा जनआन्दोलन मा अोली को भुमिका प्रतिगमनकारी नै थियो आज आएर प्रस्टै भएको छ । अोली नवसामान्त को रुपमा जन्मेको नालायक अधिनायकवादी अहंकार हो ।यसका विरुद्धको लडाइँ अनेरास्ववियू ले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *