नेपाल कम्युनिस्ट पार्टिि नेकपा कालिकोटको जिल्ला भेला

सत्तारूढ दल नेकपा बिभाजन भए संगै कालिकोटमा प्रचण्ड माधव पक्षको जिल्ला भेला सम्पन्न भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुहको देशैभर अगुवा कार्यकर्ता भेला जारी छ ! देश बचाउने प्रचण्ड माधबको मात्र दायित्व होइन हामी सबैको हो त्यसैले ️ओलिको असम्बैधानी “कु” का विरुद्ध सम्पुर्ण देशभक्त नेपालीहरु एकजुट हौ । ओलिले एकलौटी शासन सत्ता चलाउदै भारतीय आदेशमा लत्ताएको देशको संविधान, जनमत र नियम कानुन विरुद्ध सबै देशभक्त नेपाली एक हौ । देश रहे हामी रहन्छौ ।
असम्बैधानिक “कु” खारेज गर, भ्रष्ट ओलि मुर्दाबाद ।भेलामा प्रचण्ड माधव समुहका बहुमत जिल्ला कमिटि सदस्यहरूको उपस्थिति रहेको दाबि गरिएको छ । प्रदेश कमिटिमा रहेका बहुमत नेताहरूको सहभागिता रहेको छ । प्रदेस संसद कुर्मराज शाही, खाडाचक्र नगरपालिकाका उपमेयर बिजया बिष्ट नेता बिष्णु बिक , बिकल्प देबजन शाही अग्नि ,लक्ष्मि प्रसाद चौलागाई शैलेन्द्र , यसोधा न्यौपाने पुणिमा लगाएतले सम्बोधन गरेका छन ।                                                                    जिल्ला कमिटिमा रहेका नेताहरू रमेश शाही ,चित्रसिह गाउले लगाएतको समेत सहभािगतामा प्रचण्ड माधव पक्षमा उभिय पछि प्रचण्ड माधव समूह बहुमतमा देखियको हो । साबिकको पुर्व माअोबादी एकठाउमारहे पछि र पुर्व नेकपा एमालेमा दुई पटक पार्टि अध्यक्ष भएका प्रदेस सांसद कुर्मराज शाही लामो समय कालिकोटमा राजनितिक नेतृत्व गरि रहेका तुलराज बिष्ट र खाडाचक्रका उपमेयर बिजया बिष्ट र नेता बिश्वराज बम समेत एक ठाउमा रहेकाले प्रचण्ड माधब पक्ष बलियो देखियको हो । ९ वटा स्थानिय तह मध्ये अाठ वटामा सरकारको नेतृत्व गरि रहेका पलाता अध्यक्ष लक्ष्मण बम , पचालझरनाका अध्यक्ष खड्गराज सेजुवाल , रास्कोटका नगर प्रमुख कासिचन्द बराल, सान्नि त्रिब्रेणिका अध्यक्ष डम्बर शाही, नरहरिनाथका अध्यक्ष धिर बहादुर बिष्ट शुभकालिका गाउपालिकाका अध्यक्ष खडानन्द चौलागाई , तिलागुफाका मेयर रतन शाही पनि यहि पक्षमा देखियका छन ।                                                  खाडाचक्रका प्रमुख जसि प्रसाद पाण्डे बाहेक अन्य स्थानिय तहका प्रमुख उप प्रमुख नरहरिनाथ र खाडाचक्र नगर पार्टिकमिटका अध्यक्ष बाहेक सबै पार्टिका स्थानिय तह कमिटि पनि माधब प्रचण्ड समुहमा सहभागिता वनाएका छन । कालिकोटको नेकपा केपी वलिको बिपक्षमा उभिएको छन् । दिनप्रतिदिनका नारा जुलुस,पार्टीकार्यालय कब्जा लगाएतले प्रचण्ड माधव समूह झन बलियाे देखिएकाे छ ।साैय

Leave a Reply

Your email address will not be published. Required fields are marked *