जैविक विविधता संरक्षण सम्बन्धि पत्रकारहरुलाई १ दिने तालिम सम्पन्न

जैबिक विविधता सम्बन्धि एक दिने तालिम दिईएको छ । दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना (सुलभ) द्वारा पत्रकारहरुलाई १ दिने तालिम दिइएको हो । जैविक विविधता सम्बन्धि जानकारी दिन र यस बिषयमा पनि पत्रकाहरुको कलम चलोस भन्ने सोच लिएर पत्रकारहरुलाई तालिम दिएको परियोजना संयोजक राजेश गौतमले जानकारी दिए ।

गौतमले समुदायको जिवनयापन सुधार र नेपालमा जैविक विविधतामा टेवा पुर्याउनु सुलभ परियोजनाको अपेक्षित परिणाम रहेको बताए । सुलभ परियोजनाका कालिकोट जिल्ला संयोजक गोपालसिंह कार्किले कालिकोटमा यस परियोजनाले वनजंगल संरक्षण, बृक्षारोपण, बायोग्यास सम्बन्धि स्थानीय स्तरका नागरिकहरुलाई जानकारी दिई समुदाय स्तरमा बाल क्लब, युवा क्लबलाई वातावरण संरक्षणमा लगाएको बताए ।

उनले भने समुदायहरुको जिविको पार्जन,प्राकृतिक श्रोत तथा संरचनाको दिगो उपयोग गर्ने गर्नेमा शुलभ परियोजनाले महत्त्वपूर्ण शिक्षा दिएको पनि बताएका छन् । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले दिगो जिविको पार्जन तथा जैविक विविधता सम्बन्धी कालिकोटका कोहि पनि पत्रकारहरुले कुनै किसिमको समाचार लेखन नगरेकाले यो तालिम दिएको बताएका छन् ।

समाचार लेख्ने पत्रकारलाई जैविक विविधता सम्वन्धि ज्ञान दिदै अबका दिनमा सबै पत्रकारको कलम दिगो जिविकोपार्जन तथा जैविक विविधता सम्बन्धि पनि चलोस भन्दै परियोजनाको महत्व र उदेश्य प्रष्ट पारेका छन् । शाहीले भने राष्ट्रिय सरकार,कर्णाली प्रदेश सरकार र स्थानीय सरकारमा समुदायमा जैबिक बिविधता, जिविको पार्जन तथा वातावरण संरक्षणमा युवा वालवालिका र समुदायका नागरिकहरुलाई यस बारेमा जानकारी दिनु परियोजनाको मख्य उदेश्य रहेको बताए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य कृष्णनराज धमलाले दिगो जिविको पार्जन तथा जैबिक बिविधता सम्बन्धि पत्रकारहरुको भुमिका बिषयक जानकारी दिए । पत्रकारितामा लेखन शैली, बाचनशैलीका बिषयमा पनि सहभागी पत्रकारहरुलाई तालिम दिइएको छ । वातावरण संरक्षणमा पत्रकारको भुमिका र आगामी दिनमा वातावरण संरक्षणमा खेल्नु पर्ने महत्त्वपूर्ण पक्षका बिषयमा करिब २५ जना सहभागी पत्रकारलाई तालिम दिइएको छ ।

टिडिएच, बिएम जेट जर्मनको सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र कालिकोटको सहजिकरण तथा सामुदायिक रेडियो चंखेली कालिकोटको समन्वय, सहकार्यमा एक दिने तालिमको आयोजना गरिएको हो । कार्यक्रमको संचालक पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *